साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्राद्ध

'मेरो छोरा दिल्लीको जवहारलाल नेहरू विश्वविद्यालयमा पढ्दै छ। आजै पचास हजार रुपियाँ पठाइदिन भनेको छ।'

Nepal Telecom ad

त्रिलोचन ढकाल :

‘कस्तो मूर्ख मान्छे !’

‘पढ्न भनेर पठाएको त झन् मूर्ख ! बिए पास गर्नभन्दा डिग्रीमा मूर्ख, पि.एच.डी-मा मूर्ख !’ फत्तबहादुर दिग्दार मान्दै दुवै लपेटामाथि गाला अड्याएर झाेक्राएका थिए।

‘किन झोक्राएको फत्तबहादुर दाजु ?’ पुरेत बाजे टुप्लुक्क पुगे।

‘हजुर कता नि ?’

श्राद्ध गराउन हिँडेको भन्दै पुरेत खुरु खुरु हिँड्न थाले। उनीलाई बढी हतार रहेछ। पुगी हाले। फत्तबहादुरलाई केही सोध्न मन लागेको थियो। यो बुझेपछि, जतिसुकै हतार भए पनि पुरेत फरक फर्केर हाजिर भए।

‘श्राद्ध गर्दा के फाइदा हुन्छ पुरेत बाबु ?’

‘बा-आमालाई खर्च पर्च पठाउने हो। यहाँ श्राद्ध गरेर पिण्ड दान दिएपछि उनीहरूलां वहाँ जे चीजको आवश्यकता छ त्यही रुपमा पाउँछन्’, फत्तबहादुरको अनुहार उज्याल भयो। आफ्नो समस्या हल हुने आशाको त्यान्द्रो समाएर सोधे, ‘पक्का पाउँछन् बाबु ?’

‘उतिबेलै प्राप्त गर्छन्। यहाँ पिण्डदान गरेपछि उनीहरूले जे चाहन्छन् त्यही रूपमा तुरून्त पाउँछन्।’

फत्तबहादुरको अनुहार चम्किलो भयो। गालामा टाँसिएका हात निस्किए। उनले भने ‘मेरो छोरा दिल्लीको जवहारलाल नेहरू विश्वविद्यालयमा पढ्दै छ। आजै पचास हजार रुपियाँ पठाइदिन भनेको छ।’

‘गरौं !’ उनले थपे, ‘आउनुहोस् पुरेत बाबु ! उसको नाममा श्राद्ध गरौं र पचास हजार पिण्ड अर्पण गराैँ !’

०००
फापरथुम-स्याङ्जा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्घात

अन्तर्घात

त्रिलोचन ढकाल
भोट

भोट

त्रिलोचन ढकाल
निर्वाचन

निर्वाचन

त्रिलोचन ढकाल
गिद्ध

गिद्ध

त्रिलोचन ढकाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x