साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्घात

कोठामा कोही पनि मानिस भेटिएन । त्यहाँ एउटा विशाल ऐना थियो । त्यसमा नेताको अनुहार भयमिश्रित मुद्रामा प्रकटित थियो ।

Nepal Telecom ad

“अन्तरघात !? आश्वर्यजनक अन्तरघात !! अन्तर्घातीहरू सबैलाई ठेगान लगाइदिन्छु । त्यस्ता पापीलाई पार्टीमा बस्ने कुनै अधिकार छैन ।” पार्टीका प्रमुख नेता गर्जिँदै थिए ।

उनी आँगनको वल्लोछेउ पल्लोछेउ गर्दै थिए । बायाँ हातको चोर औंलालाई आकाशतिर लक्षित गर्दै भुटभुटाउँदै थिए । उनले मानसिक सन्तुलनमा समस्या आएको कुरा समेत देखाइरहेका थिए ।
मदनको जिज्ञासा पसारियो-
“के भयो नेताज्यू ?”
“हुनुसम्म भयो । अन्तरघातीहरूले निर्वाचन हराइदिए ।”
“भ्रष्टाचारी, तस्कर, कमिशनखोर, चरित्रहीन, पुरातन चिन्तनवाला जस्ता पतित व्यक्तिहरुलाई उमेद्वार बनाएको हुनाले यस्तो भएको हो भन्छन् त !”
“झुट ! गलत !! मैले सुयोग्य चरित्रमान मानिसहरूलाई उमेद्वार बनाएको छु ।”
“अन्तरघाती मेरो नजरमा छ । कारबाही गर्नु हुन्छ ?”
“किन नगर्ने ? गरिहाल्छु । मलाइ चिनाइदिनुहोस् त ।”

दुवैजना मदनको घरमा उपस्थित भए । उनले ‘अन्तर्घातीहरू यहीँ भित्र छन्’ भन्दै कोठाको ढोका खोलिदिए । नेता कोठाभित्र प्रवेश गर्नु अस्वाभाविक भएन । कोठामा कोही पनि मानिस भेटिएन । त्यहाँ एउटा विशाल ऐना थियो । त्यसमा नेताको अनुहार भयमिश्रित मुद्रामा प्रकटित थियो ।

आनन्दआश्रम, फापरथुम स्याङ्जा
०७९.२.१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भोट

भोट

त्रिलोचन ढकाल
निर्वाचन

निर्वाचन

त्रिलोचन ढकाल
गिद्ध

गिद्ध

त्रिलोचन ढकाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x