साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बानेश्वरका प्रेतहरू

सात पुस्तालाई जम्मा गरी फिर्न लागे गाउँघरमा तिनका घुँडा भाँच्नलाई जनता अब उठेका छन् ।

Nepal Telecom ad

बानेश्वरका प्रेतहरू जराकजुरुक उठेका छन्
सपनाको खेती लाउन फेरि गाउँमा जुटेका छन् । ।

जनताको घरदैलोमा कुनै बेला आएका थे
माथितिरै फिर्न फेरि माथिबाटै छुटेका छन् । ।

हिसाब किताब चेक जाँच कस्ले गर्ने यो देशमा
मरेका ती भूतहरूले हाम्रो देशै लुटेका छन् । ।

जनताका रगत र पसिनाको होली खेल्दै
मकै भुटे जस्तो गरी जनतालाई भुटेका छन् । ।

सात पुस्तालाई जम्मा गरी फिर्न लागे गाउँघरमा
तिनका घुँडा भाँच्नलाई जनता अब उठेका छन् । ।

भाषणमा देशलाई स्वर्ग पार्ने भनी भनी
लाटा सुधा जनतामा गफ मात्रै चुटेका छन् । ।

भाग्य कस्तो अलच्छिनी सबै हामी नेपालीको
बिपनाको कुरा छाडौँ सपना नै टुटेका छन् । ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x