हेमराज अधिकारीबिचरा बा
बा पुराण हुन्, गीता बाइबल बा सूर्योदयको बिहानी हुन् मन्दिर हुन्, मस्जिद, गिर्जा गुम्बा बा संघर्षका अनवरत सृष्टि हुन् ।

पिताको मुख नहेर्नु कहिल्यै
उनको चाँदी जस्तै कपाल हेर्नु
उनको तालुमा नाम्लोको डामले
तिम्रो पेट भरिएको हेर्नु ।
परिवारलाई यतिको बनाउन उनले
भुँडीमा कसेको पटुका डाम् हेर्नु
अनुभवले सेतै फुलेको दाह्रीमा
तिम्रो सनक्क जिन्दगी हेर्नु ।
भोकभोकै रात बिताए कति
आज तिम्रो फुरफुर् आफैं हेर्नु
हत्केलाका ठेला छामेर हेर्नु
किन बाबाको बिज्ञापन गर्नु ?
बाबाले महिनावारी खाने औषधि
तिमीले कति किन्थ्यौ त्यो हेर्नु
बाबाले सजाएको रमाइलो कोठे बारी
कतिको मलिलो छ आज त्यो हेर्नु ।
फादर्स डे तिम्रो संस्कृति हो के ?
ग्रन्थमाला फुकाएर हेर्नु
जंगलमा बालाई घाँसमा पठाएर
तिमीले फोटो किन टाँस्नु ?
तिथि र मिति घडी पलाको
तिमीले पहिला महत्व हेर्नु
चाउरी परेको मुहारभित्र
लुकेको संघर्ष तिमीले हेर्नु ।
टोलाई रहने बाका नयनभित्र
तिम्रो सनक्क वर्तमान आज
टुक्रुक्क पर्खाई र रुँघाईहरूमा
करुणाका दृश्य अनेक विचित्र ।
बा पुराण हुन्, गीता बाइबल
बा सुर्योदयको बिहानी हुन्
मन्दिर हुन्, मस्जिद, गिर्जा गुम्बा
बा संघर्षका अनवरत सृष्टि हुन् ।
पट्पट्टि फुटेका कुर्कुचाको संघर्ष
सर्वोच्च तिम्रो फादर्स डे होइन
बाबाको सृष्टिको भूगोल जिन्दगीमा
बाबा हेप्पी फादर्स डे केहि होइन ।
०००
गाेन्टाेक, सिक्किम
Subscribe
Login
0 Comments
Oldest








































