साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सारा वृद्ध सुपूज्य हुन्

पाका मानिसका सफा हृदय नै हुन् ईशका मन्दिर पाइन्नन् दिलमा कटार खुकुरी भाला तथा जन्जिर कालोकल्मषले छुदैन मनमा छन् घाम नै चम्किने सारा वृद्ध सुपूज्य हुन् अवनिका देवत्वमा पौँचिने ।

Nepal Telecom ad

भित्री जीवनको रहस्य जसले जानीबुझी सारमा
पार्दै उत्तम देह कर्म बलले लाग्दै सदाचारमा
निष्ठावान बनेर प्रेरित बनुन् बाटो उज्यालो लिने
सारा वृद्ध सुपूज्य हुन् अवनिका देवत्वमा पौँचिने ।।१

जो कालो धनमा रमाउँछ हरे बाटोलिदै भोसिने
पर्ला नर्क अवश्य भ्रष्ट मनुवा दुष्कर्ममा हौसिने
कर्मैले नर राम रावण यहाँ हुन्छन् सदा देखिने
सारा वृद्ध सुपूज्य हुन् अवनिका देवत्वमा पौँचिने ।।२

बोलुन् सत्य डटेर लोक हितमा ठाडो गराई शिर
माया मोह भरेर योग बलले पारुन् घरै मन्दिर
आफैँ बन्न सकुन् उदाहरण नै फैलेर शिक्षा दिने
सारा वृद्ध सुपूज्य हुन् अवनिका देवत्वमा पौँचिने ।।३

लेशै बन्दछ लोभ पाप जसमा नामेट तृष्णा जती
गर्छन् बात अनेक लोकहितका ज्ञानी गुनीझैँ अति
सुम्पिन्छन् उपदेश रोज जनमा बाटो सुनौलो लिने
सारा वृद्ध सुपूज्य हुन् अवनिका देवत्वमा पौँचिने ।।४

बोल्दैनन् अपराधका वचन जो झूटो र भाम्रो पनि
राखी ईश्वर बस्दछन् हृदयमा अत्यन्त चोखो बनी
गर्छन् लोकविवादमा पनि सधैँ निष्पक्ष भै उभ्भिने
सारा वृद्ध सुपूज्य हुन् अवनिका देवत्वमा पौँचिने ।।५

पाका मानिसका सफा हृदय नै हुन् ईशका मन्दिर
पाइन्नन् दिलमा कटार खुकुरी भाला तथा जन्जिर
कालोकल्मषले छुदैन मनमा छन् घाम नै चम्किने
सारा वृद्ध सुपूज्य हुन् अवनिका देवत्वमा पौँचिने ।।६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x