साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचल्ली

नेताज्यूको सबारीमा चलिरहेको वासनाको सुगन्धले मग्मगाइरहेको परिवेशमा वाकवाकी लाग्ने सुगन्धबारे प्वाक्क कसैले मुख खोलेर भन्यो ! - “रेमिट्यान्सको तेल !”

Nepal Telecom ad

– “हतार भो है हतार भो !”
एकजना प्रमुख अतिथि कार्यक्रम आयोजकतिर लक्षित गरेर ठुस्ठुसाइरहेका थिए । आयोजकले कार्यक्रम तन्काउँदै लगेको बेलामा एक दर्शकको नाकमा कता कताबाट आएर सुगन्धको बासना चल्यो । त्यो दर्शकले अर्को छेउको साथीलाई त्यत्तिकै सोध्यो ।
– “पर्फिमको सुगन्ध कताबाट आयो ?”
– “खै, थाहा भएन !”

त्यो साथीको नाकमा खासै सुगन्ध ठोकिएको थिएन । उसको नाकमा सन्ताप, शंसय, भय र भद्दा विरक्त थियो । उसले नाक मिच्यो । हाच्छिउँ गर्यो। रूघा लागेको जस्तो गरेर उसको नाकबाट पानी बगिरहेको थियो । उसलाई साथीले सोध्यो ।
– “रूघा त कडै लागे छ त !”

त्यो साथीले गफ हान्न थाल्यो । गफको धुनमा आफ्नो बेलि विस्तार लगायो । आफ्नै जीवनको कथाहरू भन्दैगयो । उसले दसवर्ष विदेश बस्दा भोगेका कहानी सुनाउँदै आफ्नै जीवनको करूण गाथा भन्न थाल्यो ।
– “म त साह्रै पीडित छु यार !”
– “विदेशमा पनि कोही पीडित हुन्छ र ? जोक गरेको होला !”

त्यो साथीको आँखाबाट करूणा र विस्मयका साथ वेदनाका आँसुहरू चुहिए । उसले अप्रत्यासित रूपमा भन्यो ।
– “मेरो स्वास्नी त पोइल हिंडी नि यार !”
उसको साथी झसङ्ग हुनथाल्यो । उसले पनि साथीको वेदनायुक्त कथामा मिसिएको एक्लो जीवनको पीडा बिच सोध्यो ।
– “कमाएको पैसा त होला नि ?”
– “कमाएको जति पैसा विश्वासमा पठाउँदै गएँ । आफू पनि हिंडी पैसा पनि लगेर नाठोलाई पोसी !”
– “अनि बालबच्चा ?”
– “चारवटा थिए । पाटीमा बसेका छन् !”

त्यो साथीको कहानी सुन्दा नसुन्दै कार्यक्रमका प्रमुख अतिथि माननीय नेताज्यू हतार हतारमा उनीहरू बसिरहेको छेउमा आए । नेताज्यूको सबारीमा चलिरहेको वासनाको सुगन्धले मग्मगाइरहेको परिवेशमा वाकवाकी लाग्ने सुगन्धबारे प्वाक्क कसैले मुख खोलेर भन्यो !
– “रेमिट्यान्सको तेल !”

त्यसपछि घरजम भत्केको त्यो साथीले लामो सासमा दुखेसो पोख्यो ।
– “यता न उताको भएर नेताज्यू खोज्दै बसेको ?”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x