बद्रीप्रसाद दाहाल ‘भस्मासुर’छैन क्यै दूरदृष्टि !
चुर्लुम्मै छन्, स्वहित— पथमा, न्यायअन्याय बिर्सी । चुस्दै लुछ्दै विकल— जनता ताक्दछन् मात्र कुर्सी । ढाली आध्यात्मिक मति सफा. ! डब्डबाएर हिँड्छ । मात्रै मान्छे पद कद लिनै शान्ति-सद्भाव गिँड्छ ।

एक्लै आयौं अवनि तलमा, जानु पर्ने छ एक्लै ।
अग्ला सग्ला उपकृति हुने गर्नु निष्काम बेग्लै –
भन्छन् हाम्रा श्रुति उपनिषद््, विज्ञ वा नीतिवेत्ता ।
मान्छे बन्छन्, तर किन यहाँ, क्रोध औ लोभमत्ता ??
चुर्लुम्मै छन्, स्वहित— पथमा, न्यायअन्याय बिर्सी ।
चुस्दै लुछ्दै विकल— जनता ताक्दछन् मात्र कुर्सी ।।
ढाली आध्यात्मिक मति सफा. ! डब्डबाएर हिँड्छ ।
मात्रै मान्छे पद कद लिनै शान्ति-सद्भाव गिँड्छ ।।
नौला दामी, अभिजन यहाँ, आत्मकेन्द्री बनेर ।
आफै गर्छन् रजगज हरे, निर्विवेकी भएर ।
उठ्ला कैले मुलुक जनता ? देशमा छैन सृष्टि ।
चुस्छन् लुच्छन् गरिब जनता छैन क्यै दूरदृष्टि ।।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest



































