बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जय भनाैँ कि भय !
सँगै बस्छन् देख्दा तर पनि अहाे एक्लिन पुगे । टुटे शाैचस्नानै विधिनियम नाङ्गा हुन पुगे ।। छुटे खेतीपाती पसल कतिका उद्यम लुटे । सधैँ एक्ला बन्दै परिजन मबाइल्तिर जुटे ।।

बद्रीप्रसाद दाहाल :
सबै पुस्ता झुन्डे, मन मगज आँखा कर दिँदै ।
हदै मस्ताना छन्, नव- प्रविधिमा व्यस्त रहँदै ।।
अहाे खेती फुस्सा, उदर कसले भर्दछ यहाँ ?
बुभुक्षाले मान्छे अब अवनिमा बाँच्दछ कहाँ ? ?
बनायाै याे भाँडाे, सुखदुख दुबै साट्न जुकर !
भयाे ठूलाे गल्ती अपव्यय बढी फुट्छ कुकर ।।
दुधै उम्ली स्वाहा तिहुन त डढे दाल ढुटिए।
कयाैँ भान्से आमा पतित पतिले कुट्नु कुटिए।।
चल्याे फाैज्दारी नै घरघर रँडाकाे अति बढ्याे ।
मबाइल् काण्डैले परिजन भताभुङ्ग हुन गाे।।
अहाे चारै पुस्ता टनमन हुँदै, भुल्दछ यहीँ ।
बने पाका बच्चा हर वय रमे प्रेमनगरी ।।
सँगै बस्छन् देख्दा तर पनि अहाे एक्लिन पुगे ।
टुटे शाैचस्नानै विधिनियम नाङ्गा हुन पुगे ।।
छुटे खेतीपाती पसल कतिका उद्यम लुटे ।
सधैँ एक्ला बन्दै परिजन मबाइल्तिर जुटे ।।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































