साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय भनाैँ कि भय !

सँगै बस्छन् देख्दा तर पनि अहाे एक्लिन पुगे । टुटे शाैचस्नानै विधिनियम नाङ्गा हुन पुगे ।। छुटे खेतीपाती पसल कतिका उद्यम लुटे । सधैँ एक्ला बन्दै परिजन मबाइल्तिर जुटे ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

सबै पुस्ता झुन्डे, मन मगज आँखा कर दिँदै ।
हदै मस्ताना छन्, नव- प्रविधिमा व्यस्त रहँदै ।।
अहाे खेती फुस्सा, उदर कसले भर्दछ यहाँ ?
बुभुक्षाले मान्छे अब अवनिमा बाँच्दछ कहाँ ? ?

बनायाै याे भाँडाे, सुखदुख दुबै साट्न जुकर !
भयाे ठूलाे गल्ती अपव्यय बढी फुट्छ कुकर ।।
दुधै उम्ली स्वाहा तिहुन त डढे दाल ढुटिए।
कयाैँ भान्से आमा पतित पतिले कुट्नु कुटिए।।

चल्याे फाैज्दारी नै घरघर रँडाकाे अति बढ्याे ।
मबाइल् काण्डैले परिजन भताभुङ्ग हुन गाे।।
अहाे चारै पुस्ता टनमन हुँदै, भुल्दछ यहीँ ।
बने पाका बच्चा हर वय रमे प्रेमनगरी ।।

सँगै बस्छन् देख्दा तर पनि अहाे एक्लिन पुगे ।
टुटे शाैचस्नानै विधिनियम नाङ्गा हुन पुगे ।।
छुटे खेतीपाती पसल कतिका उद्यम लुटे ।
सधैँ एक्ला बन्दै परिजन मबाइल्तिर जुटे ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x