साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा प्रतिष्ठानहरूमा पुनर्गठन, पहिलोपटक महिला कुलपति

भूपाल राई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा, निशा शर्मा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा र नारदमणि हार्तम्छाली नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त भएका छन् ।

Nepal Telecom ad

काठमाडौं, फागुन ४, २०७९ । गत मङ्सिरदेखि नै रिक्त रहेको नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानले नयाँ नियुक्तिसँगै पूर्णता पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूपाल राईलाई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा, निशा शर्मालाई नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा र नारदमणि हार्तम्छालीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेका छन् । रंगकर्मी निशा शर्मा प्रज्ञा प्रतिष्ठानकै इतिहासमा पहिलोपटक महिला कुलपतिका रूपमा नियुक्त भएकी हुन् ।

प्रधानमन्त्री प्रचण्डले तीनवटै प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूलाई शपथ ग्रहण गराएका छन् । मन्त्रालयले रिक्त रहेको प्रतिष्ठानमा प्राज्ञ परिषद् तथा प्राज्ञ सभा सदस्यहरूसमेत नियुक्त गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) र सदस्य सचिवमा डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । त्यस्तै, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा संगीतकार शम्भु राई र सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा लालकाजी लामा र सदस्य सचिवमा देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ नियुक्त भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका अन्य परिषद् सदस्यहरूको नामावली सूचीमा रहेको छ । कुलपति भूपाल राई, उपकुलपति विलकृष्ण श्रेष्ठ (विमल निभा), प्राज्ञ सदस्यहरूमा मधुसुदन गिरी, डा. कृष्ण अधिकारी, राजन मुकारूङ, बाबा बस्नेत, डा.कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली सदस्य सचिव डा. धनप्रसाद सुवेदी सहित २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिठानमा कुलपति निशा शर्मा, उपकुलपति शम्भु राई, परिषद सदस्यहरूमा कणर्बहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन, चेतन साप्कोटा, सचिव कुस्मा महरा सहित २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा मूर्तिकार नारदमणि हार्तम्छाली नियुक्त भएका छन् भने उपकुलपतिमा पेन्टर लालकाजी लामालाई नियुक्त गरिएको छ । त्यस्तै सदस्य सचिवमा पाल्साङ्मो लामालाई नियुक्त गरिएको छ भने प्राज्ञहरूमा प्रदीप अधिकारी, सौरगंगा अधिकारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरूणा हिङमाङ, देवेन्द्रकुमार काफ्ले सहित २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x