साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धा अवस्थाको दुखेसो

पीडाबोध जतिनै होस् मन खुशी हुनै पर्छ धन दौलत त्यतिकै होस् तर पनि रुनै पर्छ शरीरको भर छैन आज हो कि भोलि लाने ढल्किँदैछ हाम्रो जीवन ठेगान छैन कता जाने ।

Nepal Telecom ad

दुख पोख्ने ठाउँ छैन
मनको वह जानेहैन ।
बृद्ध हुँदा दीर्घ जीवन
सुखी जीवन खुसी हुन्न ।

लालाबाला हुर्काउने जिम्मेवारी कस्तो थियो
आशा रुपी भावनाले सधै लम्की रहँु भयो ।
तर आज छोटा भए लम्किएका पाइलाहरू
बिर्सुं भन्छु नविर्सने चम्किएका यादहरू ।
दुख पोख्ने ठाउँ छैन
मनको वह जाने हैन
वृद्ध हुँदा दीर्घ जीवन
सुखी जीवन खुसी हुन्न ।

स्वच्छ रुपले मनको भाव सधै अघि राखि बसें
सुन्दरता यो घरलाई मिलीजुली काखी च्यापें
कहिँ कतै दैवले नि घात गरी मलाई छोड्यो
भुलिएर मनको मन्दिर दैवले नै जोगाई जोड्यो ।
दुख पोख्ने ठाउँ छैन
मनको बह जाने हैन
वृद्ध हुँदा दीर्घ जीवन
सुखी जीवन खुसी हुन्न ।

पीडाबोध जतिनै होस् मन खुशी हुनै पर्छ
धन दौलत त्यतिकै होस् तर पनि रुनै पर्छ
शरीरको भर छैन आज हो कि भोलि लाने
ढल्किँदैछ हाम्रो जीवन ठेगान छैन कता जाने ।
दुख पोख्ने ठाउँ छैन
मनको बह जाने हैन
बृद्ध हुँदा दीर्घ जीवन
सुखी जीवन खुशी हुन्न ।

कल्पि रहुँ कति कल्पुँ उमेरका कुरा सम्झि
बिर्सुं भन्छु नबिर्सने लम्किएर जान्छ गति ।
जेष्ठताको पगरीले गाथा मैले वुनि सकें
हृदयको स्वच्छ भावले माया मैले चुनि सकें ।
दुख पोख्ने ठाउँ छैन
मनको बह जाने हैन
वृद्ध हुँदा दीर्घ जीवन
सुखी जीवन खुसी हुन्न ।

०००
९८४१४६४४५७.
सूर्यविनायक न.पा., भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x