साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार पदम विश्वकर्मा सम्मानित

राजधानीको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना भएको सो कार्यक्रममा विश्वकर्मालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ चैत १५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित हुनुभएकोमा राजधानीका नौ साहित्यिक संस्थाहरूले साहित्यकार पदम विश्वकर्मालाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्‍यो ।

राजधानीको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना भएको सो कार्यक्रममा विश्वकर्मालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

साहित्यिक पत्रकार संघ बाहेक बधाई ज्ञापन तथा सम्मान गर्ने अन्य संस्थाहरूमा नेपाल स्रष्टा समाज, नेपाल मुक्तक प्रतिष्ठान, वासु शशी स्मृति परिषद् , नियात्रा समाज नेपाल, सखी प्रतिष्ठान, उपन्यास समाज नेपाल, दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष र घुम्ती मुक्तक नेपाल रहेका छन् ।

वरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा आयोजित सो समारोहमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले स्वागत मन्तव्य राख्नु भएको थियो भने नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुस्कर लोहनी, अध्यक्ष राधेश्याम लेकाली र सम्मानित साहित्यकार पदम विश्वकर्माले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले कार्यक्रम संचालन गर्नु भएको थियो ।

बधाई तथा शुभकामना कार्यक्रम सकिना साथ सम्मानित विश्वकर्मा आजै अमेरिका प्रस्थान गर्नु भयो ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशी, उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारती, दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषका संरक्षक डा. दामोदर पुडासैनी, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, साहित्यकारहरु प्रमोद प्रधान, प्राडा. गोविन्दमान सिंह कार्की, किशोर पहाडी, विमल भौकाजी, देविका तिमिल्सिना, सुमन बर्षा, सन्ध्या पहाडी, मीरा गोतामे र गायिका रितु कंडेललगायतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x