साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्ता गर्नु हुँदैन

मान्छे अम्मर बन्छ कीर्ति यश क्यै छोडेर जाने भए राम्रो काम गरेर देश जनको उत्थानमा होमिए आफैँ पुग्नु छ हेर उच्च गिरिमा बाटो सुनौलो खनी चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी ॥

Nepal Telecom ad

फेरिन्छन् सब सृष्टिका सुरचना फेरिन्छ देही पनि
हामी वास्तव पाहुना अवनिका यात्रा त हो जीवनी
लीला गर्दछ जिन्दगी मनुजको चोला अनौठो छ नि
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी ॥१

साधा जीवन भोग्नु लोक सबले यो देह पाको हुँदा
जातीहुन्न हतास बन्नु कहिल्यै जस्तै दशाले छुँदा
सारा जीवन भोग्नुपर्छ जनले हाँसो खुसीमा अनि
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी ॥२

पाएको जुन जिन्दगी छ नरको सन्तुष्ट आफू बनौँ
लागेको मनमा छ जो जटिलता फोई अरूमा भनौँ
सन्तोषी पनले प्रशन्न मनले मिल्ने छ सञ्जीवनी
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी ॥३

साधा जीवन भोग्नुपर्छ सबले यो देह पाको हुँदा
जाती हुन्न हतास बन्नु सहसा जस्तै दशाले छुँदा
बाँचौँ है जतिसम्म जीवन रहे हाँसी खुसी नै बनी
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी ॥४

मान्छे अम्मर बन्छ कीर्ति यश क्यै छोडेर जाने भए
राम्रो काम गरेर देश जनको उत्थानमा होमिए
आफैँ पुग्नु छ हेर उच्च गिरिमा बाटो सुनौलो खनी
चिन्ता गर्नु हुँदैन धेर नरले लाग्यो बुढ्यौली भनी ॥५

००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x