सुलसुलेपुस्तक विमोचन र पुरस्कार प्रदान गर्दै साहित्य दिवस मनाइयो
प्रभातफेरीमा साहित्य संवर्द्धन केन्द्र, बैजयन्ती, शैली, पेज टर्नर, अनुपम सिर्जना प्रतिष्ठान, शब्दार्थ प्रकाशन लगायत लगभग २५ साहित्यिक संस्था र २०० जना साहित्यकारको जमघट भएको थियो । १३ जना स्रष्टा पुरस्कृत र १३ वटा पुस्तक लाेकार्पण ।

काठमाडौं, २०८० वैशाख १ । साहित्य दिवसको दिन बिहान ८ बजे भानुमाध्यमिक विद्यालय रानीपोखरीमा रहेको आदिकवि भानुभक्त सालिकमा माल्यार्पण गरियो ।
माल्यार्पणपछि साहित्यिक व्यक्तित्वहरू र साहित्यिक संस्थाहरूद्वारा साहित्य दिवसको व्यानर लिई जमल, शहीद गेटबाट टुँडिखेल घुमी प्रभातफेरी गर्दै पुनः आदिकवि भानुभक्तको सालिकसम्म फर्केरसमापन भएको थियो ।
प्रभातफेरीमा साहित्य संवर्द्धन केन्द्र, बैजयन्ती, शैली, पेज टर्नर, अनुपम सिर्जना प्रतिष्ठान, शब्दार्थ प्रकाशन लगायत लगभग २५ साहित्यिक संस्था र २०० जना साहित्यकारको जमघट भएको थियो ।
साहित्य संवर्द्धन केन्द्रद्वारा हरेक वर्ष साहित्य दिवसका दिन प्रदान गरिने १३ पुरस्कारहरू २०८० वैशाख १ गते काठमाडौँ मोडेल कलेज, बागबजारमा प्रदान गरिएको जानकारी केन्द्रका महासचिव विनय नेपालले दिए । पुरस्कृत स्रष्टा पुस्कारसम्बन्धी विवरण यस्तो छ-
१. वसन्त-राधा पद्यकाव्य पुरस्कार-२०६५, ५०,०००/- डा.श्री हरिहर शर्मा अर्याल
२. हेमकुमारी-दिवाकर समाजसेवा सम्मान-२०६५ २५,५५५/- द्वन्द्व पीडित तथा अपाङ्ग समाज, साँखु
३. साहित्य संवर्द्धन द्रष्टा सम्मान-२०७० १५,०००/- प्रा. श्री केशव सुवेदी
४. हरिहर शास्त्री-सावित्रीदेवी पुरस्कार-२०४५ ५५,०००/- प्रा.डा. श्री माधवप्रसाद पोखरेल
५. विश्वज्योति सेवा सम्मान-२०७१ ३५,०००/- कान्तिभैरव गुरुकुल विद्यालय
६. शारदादेवी सिर्जना पुरस्कार-२०७२ २१,०००/- श्री हिरण्यकुमारी पाठक
७. राधिका-पदम-दुर्गा काव्य कविता पुरस्कार-२०७२ १५,०००/- श्री रमेशचन्द्र देवकोटा
८. जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान-२०७३ १५०००/- श्री सुनील पौडेल
९. गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान-२०७३ १३,०००/- श्री रमेशप्रसाद गौतम
१०. निर्मला-प्रेम बाल साहित्य सम्मान-२०७४ १३,०००/- श्री भिक्टर प्रधान
११. पुण्य-तिलस्मी-सरह दर्शन साहित्य सम्मान-२०७८ १३,०००/- डा. श्री गोविन्दशरण उपाध्याय
१२. नन्द-टुल्की-आनन्द साहित्य सम्मान-२०७८ १३,०००/- प्रा.डा. श्री कपिल लामिछाने
१३. आमोइ पद्याख्यान पुरस्कार-२०७८ २५,०००/- श्री नरेन्द्रराज पौडेल
उक्त अवसरमा शब्दार्थ प्रकाशनबाट प्रकाशित १. गोविन्दबहादुर कुँवरको रमाइलो दशैँ, २. सुरेन्द्रबहादुर न्यौपानेको पिप्पी, ३. बिनोद खड्काको घाउ, ४. सागर ‘मणि’ थापाको मेयर, ५. सुरेन उप्रेतीको देश हराएको मान्छे र नेपालको शान, ७. हरिप्रसाद चौलागाईंको हुन्छ पक्कै बिहानी, ८. हरि भट्टराईको सुसाइड नोट समेत आठ पुस्तक विमोचन गरियो ।
यसै समय कवि तथा कोशकार वसन्तकुमार शर्म्मा नेपालको जन्म शताब्दीको सन्दर्भमा उहाँद्वारा लिखित पाँच पुस्तक १. संस्कृत साहित्यका नाटक र नाटककार, २. केही कथा केही कविता, ३. श्रीहर्षका समग्र नाट्यकृति, ५. श्रीकालिदासकृत द्वय नाट्यकृति, ५. शर्माले आधा अनुवाद गरेको हरिवंश पुराणलाई डा.नारायण निरौलाले पूरा गरिएको र यी पाँचै पुस्तकको सम्पादन भने कोशकार शर्म्माकै छोरा विनयकुमार शर्मा नेपालले गरेका हुन् ।
यादव भट्टराईबाट सञ्चालित उक्त कार्यक्रममा कृतिका बारे कवि ठाकुर शर्मा भण्डारी र डा रमेश शुभेच्छुले प्रकाश पारेका थिए भने पुरस्कार र साहित्य दिवस बारे प्राडा. माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देल, साहित्यकार विजय चालिसे र साहित्यकार विनयकुमार शर्मा नेपालले प्रकाश पारेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest












































