साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला- २०)

के सुन्छन् र कुरा बुढा मगजका साथै भएका भुरा । ठान्छन् व्यर्थ झुरा असभ्य मुजुरा हान्छन् कुराले छुरा ॥ आमाले परदेशमा कठिनले जस्तै गरून् आर्जन । बच्चाको नतिजा विलक्षण भए के काम लाग्यो धन ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

परजीवी हुँदा घरका समस्या

आशाको टुकुरो विशेष घरको हाम्रो मजाको ठिटो ।
खाने छैन लिटो दगुर्दछ छिटो खोज्दै विदेशी पिठो ॥
आमा छिन् घरमा अशक्त तनमा,रानी बुहारी पनि ।
मायाकी हजुरी,विदेश रहँदा जान्छिन् सुसारे बनी ॥९६॥

सासू दीर्घ बिराम दुःख घरमा जाँदा बुहारी पर ।
लट्टा पर्छ कपाल कोर्नु कसरी के उठ्न सक्थे कर ॥
गर्छिन् फोन यदाकदा कुलवधू कस्तो छ चल्दै घर ।
मेरो ता व्यवसायको तय भयो शृङ्गारको पार्लर ॥९७॥

स्नेही ग्राहक छन् मुमासरहका लाग्दैन खासै डर ।
गर्छन् आदर नित्य ढुक्क छु म ता आफ्नो सुरक्षा गर ॥
नानी बाबुहरू नहून् कुलतमा सम्पूणर् तिम्रो भर ।
भन्छिन् खर्च पठाउँला समयमा के नै समस्या छ र ? ॥९८॥

के सुन्छन् र कुरा बुढा मगजका साथै भएका भुरा ।
ठान्छन् व्यर्थ झुरा असभ्य मुजुरा हान्छन् कुराले छुरा ॥
आमाले परदेशमा कठिनले जस्तै गरून् आर्जन ।
बच्चाको नतिजा विलक्षण भए के काम लाग्यो धन ॥९९॥

हे हाम्रा तनया वधू र भगिनी भान्जीहरू छौ घर ।
जाँदा, अर्थ कमाउने विषयमा यो ख्याल राम्रो गर ॥
रातै बन्द छ बाघको मुख सदा खाए नखाए पनि ।
बच्चाको जग बिग्रियो यदि भने फोस्रो हुने जीवनी ॥१००॥
(क्रमशः)

०००
२०८०/२/१५
ताप्लेजुङ, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x