साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धाप्रति

निस्क्रिय भएर पिर चिन्ता, पीडामा नबस्नुहोस् आफ्नो सिपले, मिठा सृजनाले र ज्ञानले घर, समाज र राष्ट्रलाई अझ सशक्त योगदान दिनुहोस् यसैबाट सबैको भलाई हुनेरहेछ ।

Nepal Telecom ad

भावना न्यौपाने :

ईश्वरको कृर्पाले हामी सबै
यो धर्तीमा आउँनुपर्ने रहेछ ।
बच्चा, युवा, प्रौढ हुँदै वृद्धअवस्था पनि
हुनुपर्ने रहेछ ।

बच्चा, युवा, प्रौढ र वृद्धअवस्थामा
आफ्नै थरिका दुखसुख भोग्नुपर्ने रहेछ ।
बच्चामा पढाइको पिर, युवामा उन्नतिको पिर,
प्रौढमा घरपरिवारको पिर
वृद्धअवस्था आफ्नो सुरक्षाको
पिर हुँदोरहेछ ।

वृद्धअवस्था प्रकृतिको नियम रहेछ
हामीले चल्नैपर्ने रहेछ ।
वृद्धअवस्था हुँदा जब घरपरिवार, समाज र राष्ट्रले
दुव्र्यवहार गरिदिन्छन्
तब मन सारै रुँदोरहेछ ।

धेरै वृद्ध भएर अशक्त भई बिछ्यौनामा रहँदा
कोही पनि आफ्नो नहुँदो रहेछ ।
एक दिन होइन दुई दिनको बिरामी होइन
सधैं स्याहारसुसार गर्नुपर्ने भनेर
झर्काफर्को हुँदोरहेछ ।

प्रकृतिको नियम ईश्वरको खटनपटन सबै
हामीले कर्मअनुसार भोग्नैपर्ने रहेछ ।
बच्चामा भगवानको स्वरुप जस्तै
वृद्धअवस्था पनि भगवानको
अर्को रुप हो त्यसलाई आत्मसात गर्नुपर्दो रहेछ ।

हे मेरो प्यारा jद्ध बाबा आमाहरू हो
आफ्नो शारीरिक, मानसिक आर्थिक,
भावनात्मक सुरक्षा आफै गरी बस्नुहोस्
यही बेस रहेछ ।

निस्क्रिय भएर पिर चिन्ता, पीडामा नबस्नुहोस्
आफ्नो सिपले, मिठा सृजनाले र ज्ञानले
घर, समाज र राष्ट्रलाई अझ सशक्त
योगदान दिनुहोस्
यसैबाट सबैको भलाई हुनेरहेछ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x