साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रथका दुई पाङ्ग्रा

एक बीसेमा होसै उड्ने, दुई बीसेमा त्यसलाई फर्किनु नि पर्ने ? सं-साँझै घर फिर्ने बानीले गलायो, नत्र आधी रातमा गुन्टै कसूँ कि जस्ता !!!

Nepal Telecom ad

नवीन देवकाेटा :

१ः

मेरी उनी कस्ती कस्ती !
ग्रहण लागेर मात्र, नत्र त पूणर्ेको जून जस्ती !!

नयाँ कुरा बुझाउनै गाह्रो, बुझाइसकेपछि टिक्नै साह्रो
नामै सरस्वती परेर मात्र, नत्र रावणलाई जेठान भनूँ कि जस्ती !!

कहिले दार्शनिक मुद्रा हुन्छ, हुँदाहुँदै तन्द्राले छुन्छ
पुरानो उपन्यास ओकल्छिन् र मात्रै, नत्र केहि श्रृजना गर्लिन् कि जस्ती !!

महिला गोष्ठी ठूला-साना, खोजी धाउँछिन् चारै कुना
भाषण आफूले लेखिदिनु परेर मात्रै, धाक र रवाफले त नेतै जस्ती !!

सिनेमा त धार्मिक मात्रै हेर्छिन्, ‘श्री कृष्ण गोविन्द…’ रट्दै फिर्छिन्
गोपिनीहरूको लाम देखेर तर्सिन्छन् र मात्रै, नत्र त गुन्टै कस्लिन् कि जस्ती !!!

२ः

मेरा उनी कस्ता कस्ता !
भुँडीले व्यक्तित्व धान्या छ र मात्रै,
अनुहार त चाउरी परेको खजुर जस्ता !!

कसैले धाप मारे खोक्छन्, घरमा चै खाउँला झैं भुक्छन्
स्वरले नै चोर तर्सिन्छ र मात्रै, नत्र मेरै पछाडि लुक्लान् कि जस्ता !!

तासै खेल्ने बानी त छैन, ‘यो फाल्’ ‘त्यो टिप’ भन्दै दिनहरू बित्छन्
अरुको हात नून-तेल पठाउँछन् र मात्रै, नत्र भोकै सुताइदिउँ कि जस्ता !!

बद्री-केदार धाउनै पर्ने, आरतीको जिम्मा सधैं ममा सर्ने
बोको भाक्ने बानीले खुस्कायो, नत्र राम-नाम जपी उतै बस्लान् कि जस्ता !!

एक बीसेमा होसै उड्ने, दुई बीसेमा त्यसलाई फर्किनु नि पर्ने ?
सं-साँझै घर फिर्ने बानीले गलायो, नत्र आधी रातमा गुन्टै कसूँ कि जस्ता !!!

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लोभी-पापी मन

लोभी-पापी मन

नवीन देवकोटा
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x