साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभी-पापी मन

नाना चिन्तन, अशान्त मन; नयन भौंतारिएछन् वाई-जेनेरेशनको रियाक्सनः “बूढो, खुरुखुरु बाटो लाग्ने अरुको तनमा नडुलाउने नयन” लौ सुनिस् पापी मन !

Nepal Telecom ad

नवीन देवकोटा :

बाँध्न खोज्यो, थुन्न खोज्यो, चिप्लिरहने मन
सुम्सुम्यायो, थप्थप्यायो, रोई-रोई जित्ने झन्
यो लोभी-पापी मन, यो लोभी-पापी मन !!

पच्चिस दिनमै झ्वाम्म हुन्छ एक महिनाको धन,
बाँकी पाँच दिन बरालिन्छ जागिरेको मन !
दाहिने-देब्रे कोल्टे फेर्छ, निदाउँदैन तन,
एका विहानै बूढीको गनगनः
“रातभरि बर्बर-बर्बर, गएर हाकिमलाई सिधै सोध्नु नि
कति छ उसको धन ?”
हरे लोभी मन !
यो लोभी-पापी मन, यो लोभी-पापी मन !!

फाट्या नाना, च्यात्या नाना, उस्तै उस्तै छन्
धन्य, प्वाल पर्‍या खल्ती आफ्नो कसैले देख्दैनन् !
नाना चिन्तन, अशान्त मन; नयन भौंतारिएछन्
वाई-जेनेरेशनको रियाक्सनः
“बूढो, खुरुखुरु बाटो लाग्ने अरुको तनमा
नडुलाउने नयन”
लौ सुनिस् पापी मन !
यो लोभी-पापी मन, यो लोभी-पापी मन !!

०००
सरस्वतीनगर, काठमाडौं
‘मनतरङ्ग’ कविता सङ्ग्रह (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रथका दुई पाङ्ग्रा

रथका दुई पाङ्ग्रा

नवीन देवकोटा
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x