साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी एउटा पत्रिका हो

जिन्दगी एउटा पत्रिका हो- जसको हरेक संस्करणमा हुन्छ फरक स्वाद र शैली वसन्त ऋतुमा एउटा मोडलको ‘ब्लोअप’ शरदमा ऊ ‘हिट’ भएको ‘कभरेज’ शिशिरमा ऊ विदेश पलायनको खबर ...

Nepal Telecom ad

अविनाश भट्टराई :

(गण्डकी वाङमय प्रतिष्ठानद्वारा तनहुँमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कविता ।)

जिन्दगी एउटा पत्रिका हो-
माथिपट्टि जन्मदिनको शुभकामना
तलतिर भावपूणर् श्रद्धाञ्जली

साँच्ची, जिन्दगी एउटा पत्रिका हो-
एकापट्टि भव्य भोज
अर्कोपट्टि भोकमरी
एउटा छेउमा जितको समाचार
अर्को छेउमा हारको
एकातिर डुङ्गा कुद्छ
अर्कोतिर डुङ्गा डुब्छ

जिन्दगी एउटा पत्रिका हो-
जहाँ छापिन्छ समाचार एकैसाथ
सिरियाको द्वन्द्व
र आइसल्यान्डको शान्ति
जहाँ हेर्न पाइन्छ एकैठाउँ
हिटलरको जुगाँ
र गान्धीको धोती

जिन्दगी एउटा दैनिक पत्रिका हो-
जहाँ आउँछ विज्ञापन
‘मल्टिन्यास्नल’ मदिराको
र त्यसैको छेउमा समाचार हृदयघातको
एक दिन समाचार उडानको
अर्को दिन खबर दुर्घटनाको
निर्यात उखुको, आयात चिनीको

जिन्दगी एउटा पत्रिका हो-
जसले ल्याउँछ हरेक दिन फरक समाचार
पहिलो दिन चर्को घाम
दोस्रो दिन भव्य पानी
तेस्रो दिन बाढी पहिरो

जिन्दगी एउटा पत्रिका हो-
जसको हरेक संस्करणमा हुन्छ फरक स्वाद र शैली
वसन्त ऋतुमा एउटा मोडलको ‘ब्लोअप’
शरदमा ऊ ‘हिट’ भएको ‘कभरेज’
शिशिरमा ऊ विदेश पलायनको खबर

जिन्दगी एउटा पत्रिका हो-
जहाँ भेटिन्छ एकैसाथ
बिहानको झुल्के घाम
र रातको अँधेरी ।

०००

सिराहा, हाल : काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नागरिकता

नागरिकता

अविनाश भट्टराई
छुटिजानेहरूको नाममा

छुटिजानेहरूको नाममा

अविनाश भट्टराई
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x