साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाँडो बने लम्पट

मार्सी चामलको भतेर गर जो खाजा रहोस् बिस्कुट धार्नेमा फलको हजार खलियो ताजा नहोस् मिस्कट चौरासी पहिले डकार्न धनिया लौ धुन्धुकारी जुट आन्द्रा यी बलवान् रहुन् घिचिरहुन् नेता हरामी कुट ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

मुर्दा झैं किन लम्पसार घरमा सङ्घीयता चौखट
के हो एकिन छैन दुष्ट मनमा पारे सबै चौपट
बेच्दैछन् धरणी लुकेर खलले यी आततायी गुट
आमा मार्न भनेर कीचक दले घाँडो बने लम्पट ।१

भ्रष्टाचार गरे पिचाश सबले खाए अघाए कुट
पापाचार छ मूलमन्त्र बलियो फाँडे फडाए घट
लोकाचार समग्रता मिलनको काटे कटाए खट
नाफाखोर दलाल यी अवनिका घाँडो बने चौपट।२

मान्छे बेच्दछ तस्करी असुरले भन्दै भुटानी पट
पैसा टन्न लियो मजा छ अहिले कस्ले दियो यो छुट
भन्ला राहत राक्षसी तवरले यी पात्र बोलावट
फाँसी चढ्न तयार होस् मुलुकमा घाँडो बने लम्पट ।३

हौसिन्छन् किन यी गधा कुकुर झैं आयोगमा भुर्कुट
मुर्कट्टा हलिया खले सुँगुरझैं आयो गयो नर्कट
भुस्याहा भरिया भला सहचरी वाधा दिने कर्कट
दाना खान्छ सधैं खुलेर नचरी घाँडो बने लम्पट ।४

कालो कर्म कतै अटेर छलको लेऊ सधैं कोकट
जालो भर्न नबिर्स भो कुलतको खाऊ कलो घामट
बृध्दा बा महिला घचेट रहमा आमा खलोमा चुट
सारा मानिसको सचेत दिलमा घाँडो बने लम्पट ।५

मार्सी चामलको भतेर गर जो खाजा रहोस् बिस्कुट
धार्नेमा फलको हजार खलियो ताजा नहोस् मिस्कट
चौरासी पहिले डकार्न धनिया लौ धुन्धुकारी जुट
आन्द्रा यी बलवान् रहुन् घिचिरहुन् नेता हरामी कुट ।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x