साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्षमा याचना

यति गर्दा पनि मेरो कसुर मेटिँदैन भने पारिजातको बलात्कृतको बयानकै शैलीमा भनुँला मलाई ‘ऊ त्यो झ्यालखानाभित्र राखिदिनुहोस्, हजुर ! झ्यालखानाभित्र ।’

Nepal Telecom ad

युवराज भण्डारी :

हे ईश्वर !
तिमीलाई समेत विचारणीय हुन सक्ने विषय
एक मानिसलाई कसरी सुझ्थ्यो र ?
छिन छिनमै फेरिने मानव अवतारको भेद
यो मनुले के बुझ्थ्यो र ?

कसैको रगत उम्लिन्छ
गल्ती गर्दा कसैसँग क्षमा प्रार्थी छु भन्न
कसैको पसिना छुट्छ
सहयोग गर्नेलाई नै अपजस दिएकोमा माफी माग्न
खै, यस्तो के भएको होला विवेकशील मानिसलाई ?
भुलभुलैयाबाट निस्कँदै मैले ठानेँ
यो जिम्मेवारी मेरो पनि हो
तसर्थ जो असमर्थ छ क्षमा माग्न
बरु उसको तर्फबाट म माफी चाहन्छु
यसो गर्दा दुनियाँ मलाई पागल भन्छ भने
देवकोटाको पङ्क्ति पैँचो लिएर भनुँला
– जरुर साथी म पागल !

कतिले भुल आफूले गरेर
मलाई अबगालको भारी बोकाएका छन् उल्टै
कतिले मित्र बनेर
मेरो सरलतामा तेजाब खन्याएका छन् उल्टै
ठीक छ
जसले जे बुझ्छ त्यही गर्छ
जसलाई जे सुझ्छ त्यही गर्छ
अपेक्षा कसैबाट पनि गर्नु हुन्न
उपेक्षा कसैको पनि गर्नु हुन्न
सबैको तर्फबाट म माफ चाहन्छु !

मलाई थाहा छ एकएक
कति आफन्तले सराप सुन्दा नै
रगत जम्ने गरी सरापेका छन् मलाई
मबाट अनेक तरहका फाइदा लिएर
मेरै सहाराले धरातलमा उभिएर
उल्टै तिनकै बुई चढेर उक्लियो भन्दै दुत्कारेका छन् मलाई
मोहोर नपाएको झाेंकमा मनपरी फलाक्दै
फोहोरको थुप्रोले पुरेका छन् मलाई
आफ्नै फेद नभएकाहरूले टुप्पाबाट पलाएको भन्दै
उल्टै तौलिँदै हिँडेका छन् मलाई !

तर
जे सुकै किन नहोस्
बर्सौँ लगाएर जोडेको नाता आवेगमा तोड्नु छैन
जानु अगि वैमनस्यताका दाग कतै छोड्नु छैन
बरु सम्पूर्ण कसुर म मेरै मान्छु
सबैसँग म नै माफी चाहन्छु !
यति गर्दा पनि मेरो कसुर मेटिँदैन भने
पारिजातको बलात्कृतको बयानकै शैलीमा भनुँला
मलाई ‘ऊ त्यो झ्यालखानाभित्र
राखिदिनुहोस्, हजुर !
झ्यालखानाभित्र ।’

(‘जरुर साथी म पागल’- महाकवि देवकोटाको पागल कविताको एक पङ्क्ति हो । त्यसैगरी ‘मलाई ऊ त्यो झ्यालखानाभित्र राखिदिनुहोस्, हजुर झ्यालखानाभित्र’ कवि/साहित्यकार पारिजातको बलात्कृतको बयानको कविताका हरफ हुन् ।)

०००
तनहुँ, हालः टोरन्टो, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x