साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्मको पोको

नेपालको पोकोमा बाँदरवादी डार्विनको पुर्खा अंशमा परेको छ । यसोभन्दा अरूमाथि एक औँला ठड्याउँदा चार औंला आफूतर्फ फर्केको त छँदै छ । जेहोस् त्यो नै होइन भने पनि खुब विचारेर हेर्दा आफू पर्सिएको बोको हुँ लाग्दछ, यसैले बढी नबोलुँ ।

Nepal Telecom ad

युवराज मैनाली :

यो दुनियाँ अचम्मको पोको हो । जति पाए पनि नमेटिने तृष्णाको धोको हो । मानी आर्य आँखाले शरीर भरिएको डोको हो । अडिने र पुग्ने हुँदै नभएक आश्चर्यकाे  एघारौं अजुवा हो । खुलस्त भन्ने हो भने अचम्म, पक्क, आश्चर्य, अजुवा मात्रैले निर्मित एक प्रकारको रागको प्रवाह मात्रले भरिएको भकुण्डे भूतगोला हो । प्रजातन्त्र-प्रजातन्त्र जपना तपना गर्दै अरु सबैलाई परजा तन्त्रमा पर तुल्याउँदै आफू एउटैलाई अनुकूलतामा चित र पट कुम्ल्याउने मूलमन्त्र हो । मन्यसिद्धिका नाग प्यार, लडाइँमा सबै जायज भन्दै गोटी चाल्ने शकुनीको पाशामा खासा दखलदारको घरद्वार हो । राम नामको ओढ्नी ओढेर प्रकाण्ड पण्डित बन्दै ज्ञानको गङ्गामा शान्तिको ढुड्गा चलाउने ज्ञानीगुनी ध्यानी मदको मातमा मातिएर ऐरावत हातीमा चढ्दो छ ।

देश-देश भनेर देशको भक्तिका निम्ति शक्ति खर्चेको बाटै भुलेर बाहिर एउटा भित्र एउटा भेषमा परदेशको औँलामा नाच्दो छ । शान्ति, सौम्य र सोमा जाति बसेको सुरम्य नेपालमा बुद्धको शान्ति पाइलामा बारुदी राग बिच्छ्याउँदो छ । कानै नभएका र दाँत झारिएका सर्पलाई सुनाएको भान पारेर सपेरा लुटेरा बन्दी छ सय र सरलताले संसार बाँझो भएको हेर्न नसकेर भीषण रूप लिएका हास्यसम्राट भैरव कता कता आज आएर अवतारी कलामा हास्यव्यङ्ग्यको खुराक पस्किंदा पस्कँदै अर्याल आफूमाथि खोपेर आफैँ भित्रभित्र रोएर वाग्मतीमा पछारिन्छ । सत्यभामा रातैपिच्छे सत्यको लुगा फुकाल्छ, फुकाल्न लगाउँछ । सावित्रीहरू सत्यवानलाई प्रताडित तुल्याउन उद्यत रहन्छन् । ज्ञान मूढ रहन्छ । मूढप्रसाद वेगवान कमाउदार देखा पर्दछ । बाबुराम भष्मासुर देखिन्छ ।

रत्नकमल देशलाई मल तुल्याउन उद्यत हुन्छ । माधव मन्दिर भत्काउँछ । दुशासन असल शासन खोज्दछ । शकुनी कुना-कुना पसेर शान्तिको वास्तविक मार्ग पहिल्याउँछ । क्यासिनो चलाउँछ । भीम चिम फोड्दछ, मोटर बाल्दछ, सडकसम्मलाई हुँदा-हुँदा अब साहित्यकार पनि फार्से स्वप्नमा इन्द्रधनुषको ताँदो चलाउन मानिसकेछन्- राजनीतिक रङ्गमा आफूलाई घोडा गोरुगाडा बागीको अगाडि जोत्न थालिसकेछन् ।

पोको भित्रको केही देखिदैन, डोको भित्रको सबै देखिन्छ । झन् जामुना भाजुको अचम्मको पोको पच्यो भने डोको पनि छोपिन्छ, टालिन्छ । जामुना भातको पालोमा परदेशी चटकेले छड्के हाल्दा डोकोमा पानी थाप्या पोखिएपछि बाज बनेर चटकेको हंस उडाई दिएथ्यो रे । अब त अगुवाको छायाँ स्वरूपमा जामुना गुभाहरू आफ्नो शक्तिसीप बिरालो बाँधेर सराद्धे गर्ने भन्दै पुर्खा र जन्मदाताहरूलाई सत्तोसरापको धरापमा गाडेर ‘परदेशी परदेशी जाना नहीं’ भन्दै चटकीहरूको चटकमा प्रायोजनको चकलेट बाँडेर हल जमाउने ठेक्का कुम्ल्याउँछन् रे ।

आखिर दुनियाँ उहिले हैन अहिले यो अचम्मको पोकोमा बाँधिदै कस्सिंदै गैरहेको रै’छ। यसैले परिवर्तनशील संसारमा परिवर्तित स्वरूपमा अहम् भन्दा त्वम् शरणम्काे  रागको उच्चनादको गायन, वादन, नृत्यको डबलीमा यसप्रकारको झकिझकाउ आकाश ढाकिँदो रहेछ ।

खबरमा आउँदा छन् इँटाभट्टाको चिम्नी, तर कसले कुन तह र तप्काले होस गरेको छ ? स्वासै थाम्ने फोक्सोको जिउनी घरभाडा उठे आफू बाँचे भैहाल्यो, खुरुक्क घरभाडामा लगायो, पैसा बटुल्यो, बस अन्त किन जानु घनावस्ती पुरातात्विक मुटु राजधानीजस्तो ठाउँमा तेजाव पोल्ने सुनको काम गर्ने बंगाली बाबू मोशायहरूले निकाल्ने धुवाँलाई न त वहाँको जिम्मवालले जिम्मा लिन्छ न वातावरणविद्हरूको पोकोमा घुस्छ । मार खाने त चोक-गल्लीका मान्छेहरूले हो, कसको के जान्छ- रेफ्रिजेरेटर झिकाऊ पकेटमनी साथसाथै सरकारी बजेटमा रकेटमनी बढ्छ, मोटरसाइकल, कार, बस झिकाऊ सडक नपुगे पनि टायर बाल्ने बहादुरहरू छँदै छन् ।

यो संसारको अचम्मको पोकोमा एउटा अचम्मको डोकोमा नेपाल भन्ने देश पनि छ जहाँ यौटाले मन्दिर भत्काउँछ, अर्कोले राष्ट्रिय सम्पत्ति जलाउँछ । यसैले भन्न सकिन्छ, नेपालको पोकोमा बाँदरवादी डार्विनको पुर्खा अंशमा परेको छ । यसोभन्दा अरूमाथि एक औँला ठड्याउँदा चार औंला आफूतर्फ फर्केको त छँदै छ । जेहोस् त्यो नै होइन भने पनि खुब विचारेर हेर्दा आफू पर्सिएको बोको हुँ लाग्दछ, यसैले बढी नबोलुँ । पोकापतिनाथले अनावहरूको कल्याण गरून् । जय नेपाल ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x