साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाञ्जाको मावली यात्रा

बरु शिखरमै कुहिएर डुङ्डुङ्ती आलु फर्सीको बास्नामा सुगन्धित भएर चर्चाको शिखरमा पुगेर मावली घरमा रमाइरहेका छन्, मामाहरूको स्नेहमा मीठो सपनाको पीडामा डुबुल्की मारिरहेका छन् ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

धेरै माया पाउन मीठो खान र आनन्दानुभूतिका लागि
भाञ्जाहरू अमेरिकाको व्यापार गर्न छाडेर
अचेल मामा घरमा हाई काढेर उँघिरहेका छन् ।

मामाहरूको संंगत गर्न पाइयो भनेर भाञ्जाहरू
र मामाहरू पनि केही नयाँ तरिका सिक्न पाउने आशामा
भाञ्जाहरूको संगत गर्न पाउँदा औधी खुशी भएका छन् ।

समाजमा घोच्ने काँढा बनेका भाञ्जाहरू
निख्खुर कालो आत्मा बोकेर मावली पुगेका छन्
मावलमा हजुर बा हजुरआमा भन्दा पनि बढी
मामाहरूकै हाली मुहाली छ र दङ्ग्याएर खान पाएका छन् ।

मच्छर, उडुस र उपियाँको मायामा निमग्न भएर
भाञ्जाहरू रातमा निदाउँदैनन्, प्रेमालापमा व्यस्त हुन्छन् ।
सायद भाञ्जाहरूले अब मावली घरमा हुर्किएका
मच्छर,उडुस, उपियाँ लगायतका रातका प्रेमर्षिहरूलाई समेत
अमेरिका लैजाने तयारीमा जुटेका होलान् ।

सोह्रभाइ भाञ्जाहरू सबै मामाका हाकिम जस्ता भए पनि
धेरै कुरा मामाले सिकाउनु पर्छ, भनौँ भाञ्जाहरू बज्रस्वाँठ हुन् ।
मामाको शक्ति र तागतलाई बढाउने भाञ्जा नै
मामाको कब्जामा परेपछि नुन खाएको कुखुरा जस्तो भएर
ओइलाएर मामा घरमै बसेका छन् ।

मानव तस्करीको जालो बुन्ने आरोपले सुशोभित भाञ्जाहरू
कोही नखाएको विष लाग्यो भन्दैछन्
कोही हर्ष न विस्मातमा छन
कोही खानकै ध्याउन्नमा छन् ।

मावलीमा बस्दा रमाइलो मान्ने भाञ्जाहरूको परम्पराले
यतिबेला शिखर चुमेको छ मावली यात्राको ।
शिखरको यात्रा गरेका भाञ्जाहरू फेदमा झरेका छैनन्
बरु शिखरमै कुहिएर डुङ्डुङ्ती आलु फर्सीको बास्नामा
सुगन्धित भएर चर्चाको शिखरमा पुगेर मावली घरमा
रमाइरहेका छन्, मामाहरूको स्नेहमा
मीठो सपनाको पीडामा डुबुल्की मारिरहेका छन् ।

भनौँ भाञ्जाहरू बरमझियाको पेडा खाएको स्वाद
मामा घरमा बसेर चाखिरहेका छन् ।

०००
उदयपुर, गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x