साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढा पाका ज्ञान पुञ्ज

अरबौँ धनको रास लाएर हुन्छ के ? भन जाँदा खाली सबै जान्छौँ लान पाइन्छ त्यो धन ।

Nepal Telecom ad

हरिप्रसाद रिमाल  :

सम्मान वृद्धवृद्धाको गरौँ सोची न हौँ पर
आयु यश र विद्याको वृद्धि होला निरन्तर ॥१

सक्छौँ सेवा गरौँ साथै बसौँ सोधौँ सबै कुरा
मर्यादा चित्तले राखौँ ज्ञानी बन्छौँ सबै भुरा ॥२

आज्ञा पालनले बन्छौँ सभ्य मानव निश्चित
हाम्रो जीवनको मार्ग खुला बन्छ गरे हित ॥३

माया मात्र गरे मिल्ला आशीर्वचन प्रेमले
मन्त्रझैँ हुन् बुढा पाका ज्ञान पुञ्ज उमेरले ॥४

स्वयम् पुस्तक हुन् जाने नबुझ्ने मूर्ख मानव
हुन् ठानिन्छन् तिनै मान्छे कुकर्मी दुष्ट दानव ॥ ५

बिरुवा प्रेमको रोपौँ हुर्किन्छ फल फल्दछ
बेलामा रोपिए कर्म फुलेर फल पाक्दछ।६

आँखा हुन् सबका हाम्रा बुढापाका सबै जन
सुरक्षा गर्नमा लागौँ मान सम्मान सत् धन ॥७

अरबौँ धनको रास लाएर हुन्छ के ? भन
जाँदा खाली सबै जान्छौँ लान पाइन्छ त्यो धन ।८

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x