सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बा आमा

पिता र मातृ नम्य हुन्, एकाग्र चित्त शान्तिका । इलाज दिव्य वाण हुन्, कुकर्म चाल भ्रान्तिका ॥ जु्टेर शान्ति बागमा, विकास वृक्ष रोप्नु छ । पिता र मातृ ईश हुन्, भनेर पुज्नु पर्दछ ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल

(पिता र मातृ ईश हुन्, भनेर पुज्नु पर्दछ)

छ भक्तिभाव वन्दना, पिता र मातृ वर्गमा ।
छ ढोग नित्य पाउमा, धरेर गाथ माथमा ॥
गरेर उच्च प्रार्थना, अगाध प्रेम गर्नुछ ॥
पिता र मातृ ईश हुन्, भनेर पुज्नु पर्दछ ॥-१

प्रणाम गर्छु श्यामको, पिता र मातृ ईशको ।
अपार प्रेम लाग्छ झन्, छ गर्व जन्म भूमिको ॥
अनेक कष्ट विध्नका, निदान खोज्नु पर्दछ ।
पिता र मातृ ईश हुन्, भनेर पुज्नु पर्दछ ॥-२

पिता दयालु कृष्णझैँ, ल मातृ हुन् नि राधिका ।
बुबा मुमा मुहान हुन्, कला र दिव्य ज्योतिका ॥
उदात्त भक्तिभावले, समग्र शिल्प सिक्नु छ ।
पिता र मातृ ईश हुन्, भनेर पुज्नु पर्दछ ॥-३

प्रत्यक्ष भेट्न सक्छ को, महेश दिव्य रूपको ?।
सकिन्छ देख्न नेत्रले, पिता र मातृ ईश जो ॥
विशाल दिव्यदृष्टिले, अनन्त सत्य बुझ्नु छ ।
पिता र मातृ ईश हुन् , भनेर पुज्नु पर्दछ ॥-४

पिता र मातृ मूल हुन्, मनुष्य जन्म सृष्टिका ।
असीम प्रेमभावका, प्रकाश हुन् नि शक्तिका ॥
उदारवाद कर्मका, भनी पुकार्नु पर्दछ ।
पिता र मातृ ईश हुन्, भनेर पुज्नु पर्दछ ॥-५

पिता र मातृ स्रोत हुन्, दया र मेल यारका ।
प्रसिद्ध योग्य विज्ञ हुन्, प्रयत्नशील धारका ॥
समग्र शिल्प कर्मले, प्रभात डाक्नु पर्दछ ।
पिता र मातृ ईश हुन्, भनेर पुज्नु पर्दछ ॥-६

पिता र मातृ नम्य हुन्, एकाग्र चित्त शान्तिका ।
इलाज दिव्य वाण हुन्, कुकर्म चाल भ्रान्तिका ॥
जु्टेर शान्ति बागमा, विकास वृक्ष रोप्नु छ ।
पिता र मातृ ईश हुन्, भनेर पुज्नु पर्दछ ॥-७

०००
बट्टार, नुवाकोट
हालः-बालाजु, काठमाडौं ।
मोबाइल नं. ९८४१७५८१८४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा

आमा

के.पी. पाैडेल
मेरो छ है स्वागत

मेरो छ है स्वागत

के.पी. पाैडेल
आयो वसन्त किन हो बहुतै रमाई

आयो वसन्त किन हो...

के.पी. पाैडेल
मान्छे

मान्छे

के.पी. पाैडेल
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी
बाबाआमा रमाऊन्- (०१)

बाबाआमा रमाऊन्- (०१)

दीनानाथ पाेखरेल
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
आमा पुजेर बस्ने

आमा पुजेर बस्ने

रामशरण न्याैपाने
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल