साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरो विदेशी भयो

घोटी हाड बुढो बडा कठिनले धान्दै गृहस्थी रथ यात्रा जीवनको चलाउनु छ हो पैल्याउँदै त्यो पथ उड्ला प्राण कहाँ पुगेर कसरी यौटै प्रतीक्षा छ हो के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो॥

Nepal Telecom ad

रामशरण न्याैपाने :

नेपाली घरबार नै सब भुल्यो संस्कार भुल्दै छ हो
रेलो नै धनको लगाउन भनी गम्केर फुल्दै छ त्यो
पत्नीमा पनि झन् विदेशतिरकै ल्याएर हुल्दै गयो
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो॥१

होम्यो जीवन लोभिएर धनमा दासत्व भित्रै अनि
माताको प्रिय मातृभूमिसितको भुल्दैछ नाता पनि
जोड्यो रे घर कार सो मुलुकमै माया उतैको रह्यो
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो॥२

किस्तामा घर कार पाउन गयो आफैँ बस्यो बन्धकी
दासी जीवन भोग्न बाध्य छ अरे बुझ्दैछु मैले गति
उम्केला कसरी परेछ पिँजरा पन्छी परे झैँ अहो!
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो॥३

पायो नाति र वर्णशङ्कर भयो आयो विदेशी पन
के नेपाल फिरेर पुज्छ बिचरो यो देशको नन्दन?
नेपाली पन धर्म कर्म मनमा के आज बाँकी रह्यो
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो॥४

घोटी हाड बुढो बडा कठिनले धान्दै गृहस्थी रथ
यात्रा जीवनको चलाउनु छ हो पैल्याउँदै त्यो पथ
उड्ला प्राण कहाँ पुगेर कसरी यौटै प्रतीक्षा छ हो
के पाल्ला घर फर्किएर जननी छोरो विदेशी भयो॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x