साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोक र परामर्श

ल रिपोर्ट सबै राम्रो छ । बिरामीलाई खासैै ठुलो समस्या छैन । नातागतीले हो । फलफूल, गेडागुडीको रस, अण्डा र माछामासु प्रशस्त खानु होला । पानी पनि प्रशस्त पिउनु होला ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

बिहानै उठेर चापाकल चलाउने क्रममा धुनियाँ घुप्लुक्क ढली । मरद पल्टुले उसलाई सरकारी अस्पतालमा पुर्‍यायो ।

इमरजेन्सीको डाक्टरले चिर्कटोमा केही लेख्यो र पल्टुलाई दियो । औषधी किन्न बाहिर निस्केको पल्टु आधा दिन बितेपछि बल्ल औषधी लिएर आयो । औषधी ल्याउन ढिला गरेकोमा पल्टुले डाक्टरको नराम्रो हुँकाई खायो ।
पल्लेदारी गरेर प्राण धानिरहेको पल्टुको व्यथा त्यो डाक्टरले के बुझोस् । पल्टुको गह भरियोे ।

भएको के थियो भने, औषधीको बिल अनुसार चाहिने पैसा पल्टुसँग थिएन र एकैछिनमा आउँछु भनेर ऊ पैसाको जुगाडमा निस्केको थियो ।

धुनियाँले दहेजमा ल्याएको बकरीले एकैबेतमा तीनबटा बच्चा जन्माउँथी । धुनियाँको छिमेकी लौटन बानियाँले बकरीमाथि आँखा गाडेको थियो । उसले कैयौंपटक बकरी किन्न मागेको थियो ।

“मेरी माइ र यो बकरी उस्तैै हो । आफ्नो माई पनि कसैले बेच्छ ?” धुनियाँले यसै भनेर फर्काउँथी । तर आज विवश पल्टुले धुनियाँलाई सोध्दै नसोधी बनियाँका हातमा बकरी बेचिदियो ।

धेरै बेरपछि धुनियाँले आँखा खोली । उनीहरूले धेरैबेर एक अर्कालाई हेराहेर गरे ।
बकरी बेचेकोे सुनी भने धुनिया फेरी ढल्छे । यस्तो सम्झेर पल्टुको मुटु काँप्यो । आखिर कुनै उपाय पनि त थिएन । उसले आफ्नै काँतर मनलाई सम्झायो ।

“ल रिपोर्ट सबै राम्रो छ । बिरामीलाई खासैै ठुलो समस्या छैन । नातागतीले हो । फलफूल, गेडागुडीको रस, अण्डा र माछामासु प्रशस्त खानु होला । पानी पनि प्रशस्त पिउनु होला । अब घर लैजाँदा हुन्छ । डाक्टरले डिस्चार्ज कागज लेख्दैै भन्यो ।

फलफूल, अण्डा, माछामासु ? डाक्टरको परामर्श सुनेर भोको पल्टु फिस्स हाँस्यो ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x