साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाक्दैन ढेँडो तर

गर्छन् वाचन स्वादिलो किसिमले तारा उदाए पछि देख्छन् स्वप्न विचित्रका जन बरा ! पल्टी निदाए पछि नेता मख्ख छ लुट्न प्रष्ट ढुकुटी आचारमा बर्बर भोका छन् जनता कुनै किसिमले पाक्दैन ढेँडो घर ।

Nepal Telecom ad

चन्द्रमणि अधिकारी :

१.
सारै कष्ट छ लेखनी कलमले पस्कन्छ आफ्नो तर
दाना अन्न रहेन भन्न बुढी छन् गर्ने सधैँ कर्कर
लुच्चो ताण्डव नृत्य यो मुलुकम हो पार्टी लुटेरा पर
सर्दैछन् जनता परे विपतमा, पाक्दैन ढेँडो घर ।

२.
रत्ना छन् शुभ चाखमा हृदयमा जो आत्मसम्मानमा
शोभा छन् सुविधा सबै गजबकै बोकेर उद्यानमा
लक्ष्मी छन् बहिनी, खुला भगवती मान्छिन् मलाई वर
दिक्कै छन् जनता परे विपतमा पाक्दैन ढेँडो घर ।

३.
जो वक्षामृत जानकी सित मिल्यो उत्कृष्ट संसारको
सारा यत्न प्रयत्नका मजबुती आमा चमत्कारको
गर्ने उत्तम साधना चहकिलो बन्दै स्वयं भर्भर
यस्ताे हालतमा छ वेग रचना, पाक्दैन ढेँडो घर ।

४.
लेख्ने अक्षर मीन मेख गरियोस् बुझ्ने मिली सज्जन
एक्लै रात मसान घाट कुरियो सेवा मनोरञ्जन
पाएँ चड्कन धाक प्यार गरियाे मान्दै नमानी डर
लाखौंलाख ठगे खुले ठग भनेँ, पाक्दैन ढेँडो घर ।

५.
पार्ने गर्दछ आत्म शान्त कविले ठुङ्दा सधैँ कालले
दिन्छन् ठोस जवाफमा तरलता थप्नेछ वाचालले
जन्मेको पल आरती समयले बाल्दा मिलेको वर
याे उत्कृष्ट सदा छ दैव रचना, पाक्दैन ढेँडो घर ।

६.
छुट्टै चाख छ काख बस्न कविको भन्ने छ यो सूचना
हाँस्छन् मख्ख गरेर आज कविजी आफ्नै समालोचना
पर्छन् छक्क उदास हुन्न मन चाला सबै बर्बर
भोगेका कठिनाइ छन् अचमले, पाक्दैन ढेँडो घर।

७.
लुट्ने छन् घरबार इज्जत सबै नेता भरौटे मिली
तन्केको लफडा जसो किसिमले तान्दा चुरोटे खिली
धन्दा ठग्न छ चार तर्फ जसरी कर्तव्य भन्दा पर
नेता भ्रष्ट छ प्रष्ट देख्छ कविको पाक्दैन ढेँडो घर ।

८.
आओ लुट्न अझै छ प्राण तनमा सक्छौ लुटेरा भने
सादा जीवन उच्च सोच कविको उत्साह दाता बने
अर्काको अपकारबाट सुखमा पुग्छन् सदा जर्जर
मान्छे बर्बर पाइए, अचमको पाक्दैन ढेँडो घर ।

९.
बाठो अक्कलदार भव्य म भनी निस्के बसे सम्मुख
काला कर्तुत गर्दछन् गजबका कालो छ भित्री मुख
ठग्ने छन् परिपञ्चमा रहरमा आफैं ठगेको तर
लुट्छन् राष्ट्र सधैँ, समस्त जनको पाक्दैन ढेँडो घर ।

१०.
गद्दारी जति यो बढ्यो मुलुकमा सारा युवा बाहिर
काट्टो ताक्दछ गिद्ध यो मुलुकमा ठग्ने बनी माहिर
पत्तासाफ गराउने समयले पालों निकाल्ला तर
सारै आपतग्रस्त छन् र जनता पाक्दैन ढेँडो घर ।

११.
गर्छन् वाचन स्वादिलो किसिमले तारा उदाए पछि
देख्छन् स्वप्न विचित्रका जन बरा ! पल्टी निदाए पछि
नेता मख्ख छ लुट्न प्रष्ट ढुकुटी आचारमा बर्बर
भोका छन् जनता कुनै किसिमले पाक्दैन ढेँडो घर ।

०००

२०८०/०८/२१, बिहान
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x