साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छैन अर्को विधाता

यिनैको छातीमा अटल छ सधैँ दिव्य नेपाल माता यिनै जागे लागे खल असुर नै खैँचिदै कस्न पाता पिता होला घाती न खुद जननी बन्न सक्छिन् कुमाता पिता माताभन्दा अवनि बिचमा छैन अर्को विधाता॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

जहाँ जाऊ जस्तो मनुजसित नै प्रेमले जोड नाता
जता जाँदा हेर्दा जडित छ शिला धाममा छैन धाता
उनैले खोलेको घट घट यहाँ जिन्दगीको छ खाता
पिता माताभन्दा अवनि बिचमा छैन अर्को विधाता॥१

यिनैले हुर्काए विकल चिचिलो प्रेमले नै सिँगारी
यिनै हुन् धर्तीमा हर पल दिने ओत लाग्ने छहारी
यिनैभन्दा अर्को सकल नरको को छ सामर्थ दाता ?
पिता माताभन्दा अवनि बिचमा छैन अर्को विधाता॥२

फुटाई चट्टनै सकल गहरा उर्वरा झन् बनाए
जुटाए मौकामा घर जमिन त्यो स्वर्णबस्ती बसाए
गुणी ज्ञानी छोरो किन पर परै हुन्छ छोडेर हाता ?
पिता माताभन्दा अवनि बिचमा छैन अर्को विधाता॥३

सजाए आस्थाले अनवरत नै सृष्टिको फूलबारी
बसे पुर्खा हाम्रा बहुत बलले देश सिङ्गो सिँगारी
यिनैको मायाको ऋण छ तनमा हेर ढड्डा र खाता
पिता माताभन्दा अवनि बिचमा छैन अर्को विधाता॥४

यिनैको छातीमा अटल छ सधैँ दिव्य नेपाल माता
यिनै जागे लागे खल असुर नै खैँचिदै कस्न पाता
पिता होला घाती न खुद जननी बन्न सक्छिन् कुमाता
पिता माताभन्दा अवनि बिचमा छैन अर्को विधाता॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x