साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाँजो हाल्ने नगर

बाँचेका छन् सकल घरमा ओजिला तिर्सनामा भाँजो हाल्ने नगर कहिल्यै वृद्धका भावनामा॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

माली नै हुन् कुशल भरिला बाग निर्माण गर्ने
आफ्नो शिल्पी भरसक जडी लोकमा रङ्ग भर्ने
जान्ने सुन्ने सबल बहुतै सौम्य छन् सिर्जनामा
भाँजो हाल्ने नगर कहिल्यै वृद्धका भावनामा॥१

रच्ने गाथा यस मुलुकको मूल स्रष्टा यिनै हुन्
खोज्ने हाम्रो विजय पथको मार्गद्रष्टा यिनै हुन्
दाता धाता गुरु पनि यिनै योग्य छन् अर्चनामा
भाँजो हाल्ने नगर कहिल्यै वृद्धका भावनामा॥२

लड्ने भिड्नेतिर पनि जुटे देशको सान राखी
नेपालीको यस अवनिमा दिव्य पैचान राखी
पाटो हाम्रो अटल छ यहाँ देन त्यो पाउँदामा
भाँजो हाल्ने नगर कहिल्यै वृद्धका भावनामा॥३

अर्पेका छन् फजित पसिना देश नेपाललाई
रोपेका छन् श्रम र सिप नै कर्मको गीत गाई
लागेका छन् हर पल उनै यत्नले साधनामा
भाँजो हाल्ने नगर कहिल्यै वृद्धका भावनामा॥४

नेपालीका घर घर यहाँ वृद्धका छन् प्रशस्ति
तानेका छन् सरल पथमा खास हाम्रो गृहस्थी
कोही काहीँ क्षणिक नपरुन् दर्दमा वेदनामा
भाँजो हाल्ने नगर कहिल्यै वृद्धका भावनामा॥५

रोपेका छन् यस अवनिमा हेर चढ्दो जवानी
गाएका छन् सकल कविले वृद्धको नै कहानी
बाँचेका छन् सकल घरमा ओजिला तिर्सनामा
भाँजो हाल्ने नगर कहिल्यै वृद्धका भावनामा॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x