हेमराज पन्तविडम्बना
सधैँ गीत नौलो बसे क्रोध पाली । खरानी न बेचौँ यहाँ राष्ट्र बाली ॥ फलेको छ नारा हजारौँ र लाखौँ । पुरै देश बोकी कहाँ आज भागौँ ॥

हेमराज पन्त :
कुहेत्रो सबै आलु देखिन्न ताजा ।
छ दुर्गन्ध साह्रै उडी दूर जाजा ॥
दिवा साँझ खेल्दै बसेको छ पासा ॥
बढेको छ चौतर्फ निराशै निराशा ॥१
सबै खेल खेल्ने सबै जाल हान्ने ।
कठै!के गरी राष्ट्रको श्वास धान्ने ॥
चितामा सुतेको थियोे देश सारा ।
छुबे देश डुब्ने म माझी किनारा ॥ २
सधैँ गीत नौलो बसे क्रोध पाली ।
खरानी न बेचौँ यहाँ राष्ट्र बाली ॥
फलेको छ नारा हजारौँ र लाखौँ ।
पुरै देश बोकी कहाँ आज भागौँ ॥ ३
उचा शैल पाखा तरेली झरेका ।
नदीले यहाँ आँसु आँखा भरेका ॥
सबै देश बेची,बचेको छ आली ।
बसे भावना,आँसु जम्मै पखाली ॥४
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest







































