साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाकिमले खाने मिठाई !

ए बेबकुफ मुरारी अब तेरो काम कहिल्यै हुँदैन। यो हाकिमले खाने मिठाई होइन। हाकिम साहेबले त आर्कै मिठाई खानुहुन्छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

कहाँ हिंड्यौ मुरारी ?- कैलाशले मुरारीलाई सोधे।
“सर नमस्ते।”
“नमस्ते ! कताको साहित् हो भन्या ?”
कैलाशले नमस्तेको जवाफ फर्काउँदै सोधे।

हजुरले भन्नुभाको थियो नि ‘हाकिम साहिबलाई मिठाई दिएपछि तिम्रो काम हुन्छ।’ त्यसैले आज यो मिठाइको डब्बा लिएर जाँदै छु। एउटा मिठाइको डब्बा जुटाउँन पनि एक वर्ष लाग्यो मलाई “- मुरारीले भन्यो।

“केटाले कुरा बल्ल बुझेछ।” – उसले मनैमन भन्यो।

“आउ भित्र चिया पिएर म पनि सँगै जाउँला।”- कैलाशले भित्र बोलायो।
धेरै दिनबाट मुरारीको मोही पाटो पास भएको थिएन।
जहिले पनि हाकिमको पिउँन कैलाशले मिठाइको कुरा गर्थ्यो।
आज झोलामा मिठाइको डब्बा राखेर मुरारी आयो।

चिया पिएर दुबैजना दनादन हाकिमका घर पुगे।
हाकिम बाहिरै कुर्चीमा बिराजमान थिए।

सर नमस्ते ! कैलाशले हाकिमलाई हात जड्यो, मुरारीले पनि हात जोड्यो।
मुरारीको एक वर्षदेखि लट्किएको काम।आज फेरि दुबैजनालाई सँगै देखेपछि हाकिम पनि खुसी भयो।

“सर !. सर ! आज मुरारीले कुरा बुझेको जस्तो छ।”- कैलाश हाकिमको नजिक गएर सुस्तरी भन्यो।
हाकिमले पनि मुरारीतिर हेर्यो र खिसिक्क हाँस्यो।
मुरारी पनि काम बन्नेभयो भनेर फुरूक्क पर्यो।

“सर! हजूरको मिठाई ।”- मुरारिले मिठाइको डब्बा थमाउँदै भन्यो।
हाकिमले यता उता हेर्यो र फटाफट डब्बा खोल्यो।

“कैलाश ! यो केहो ? खै त मेरो मिठाई ?”- हाकिम रिसायो।
“ए बेबकुफ मुरारी अब तेरो काम कहिल्यै हुँदैन। यो हाकिमले खाने मिठाई होइन। हाकिम साहेबले त आर्कै मिठाई खानुहुन्छ।”

कैलाशले मुरारीलाई हकार्दै भन्यो।

०००
दाङ घोराही १८
१३- फागुन २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x