सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्धाको माया र सन्तान

बाबा ईश्वर साथमा भुवनका, आमा रहिन् ईश्वरी । माया सार्थक माथमा रहरका, राखून् जसै पोखरी ॥ पीडा रेचक होस् हियो स्वजनमा, पाओस् दुवैले सक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

माया होस् अब देशभित्र जनको, बाँच्ने कला साथमा ।
वृद्धाको अपमान हैन सबले, माया गरोस् गाथमा ॥
बुझ्दै जीवन आज मानव यहाँ, होस् धारणा सार्थक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥१॥

मीठाे भोजन वृद्धको सुदिन होस्,आहार होस् स्वादिलो ।
न्यानो आसन बासको रहर जो, होस् घाम त्यो पारिलो ॥
ती सन्तान रहे सबै वरपरै, वृद्धा बुवा पालक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२॥

छोराको अब प्रेम होस् अवनिमा, साथै बुहारी पनि ।
छोराको त पिता रहे भुवनमा, मानोस् बुहारी पनि ॥
माता पुत्र यहाँ रहे अवनिमा, ठानोस् त्यसै चालक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३॥

माया नाति र नातिनी प्रति रहे, बाबा र आमा भनी ।
मायाजाल रहे अनेक मनमा, संसार छाया बनी ॥
मायाको सुखदुःख बुझ्नु सबले, मान्दैन यो याचक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥ ४॥

बाबा ईश्वर साथमा भुवनका, आमा रहिन् ईश्वरी ।
माया सार्थक माथमा रहरका, राखून् जसै पोखरी ॥
पीडा रेचक होस् हियो स्वजनमा, पाओस् दुवैले सक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥५॥

०००
काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध चिन्तन -५

वृद्ध चिन्तन -५

राजेन्द्रकुमार बज्राचार्य
वृद्धाको माया र सन्तान (शृङ्खला- ४)

वृद्धाको माया र सन्तान...

राजेन्द्रकुमार बज्राचार्य
ज्ञान हस्तान्तरण- २

ज्ञान हस्तान्तरण- २

राजेन्द्रकुमार बज्राचार्य
ज्ञान हस्तान्तरण

ज्ञान हस्तान्तरण

राजेन्द्रकुमार बज्राचार्य
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
‘बा’ काव्यांश- (२२)

‘बा’ काव्यांश- (२२)

दीनानाथ पाेखरेल
भो जीवनी बन्जर (४)

भो जीवनी बन्जर (४)

हेम अधिकारी
वृद्ध चिन्तन -५

वृद्ध चिन्तन -५

राजेन्द्रकुमार बज्राचार्य