साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाको माया र सन्तान

बाबा ईश्वर साथमा भुवनका, आमा रहिन् ईश्वरी । माया सार्थक माथमा रहरका, राखून् जसै पोखरी ॥ पीडा रेचक होस् हियो स्वजनमा, पाओस् दुवैले सक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

माया होस् अब देशभित्र जनको, बाँच्ने कला साथमा ।
वृद्धाको अपमान हैन सबले, माया गरोस् गाथमा ॥
बुझ्दै जीवन आज मानव यहाँ, होस् धारणा सार्थक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥१॥

मीठाे भोजन वृद्धको सुदिन होस्,आहार होस् स्वादिलो ।
न्यानो आसन बासको रहर जो, होस् घाम त्यो पारिलो ॥
ती सन्तान रहे सबै वरपरै, वृद्धा बुवा पालक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२॥

छोराको अब प्रेम होस् अवनिमा, साथै बुहारी पनि ।
छोराको त पिता रहे भुवनमा, मानोस् बुहारी पनि ॥
माता पुत्र यहाँ रहे अवनिमा, ठानोस् त्यसै चालक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥३॥

माया नाति र नातिनी प्रति रहे, बाबा र आमा भनी ।
मायाजाल रहे अनेक मनमा, संसार छाया बनी ॥
मायाको सुखदुःख बुझ्नु सबले, मान्दैन यो याचक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥ ४॥

बाबा ईश्वर साथमा भुवनका, आमा रहिन् ईश्वरी ।
माया सार्थक माथमा रहरका, राखून् जसै पोखरी ॥
पीडा रेचक होस् हियो स्वजनमा, पाओस् दुवैले सक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥५॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ

बुबाका आमाका अनुभव सिकी...

राजेन्द्रकुमार बज्राचार्य
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x