साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा आमा हुन सफल हुन्

आमा कोही पनि पर नहुन् बाल सन्तान छोडी त्यागी आफ्नो नर धरम त्यो मातले पीठ मोडी बाँच्ने हाँस्ने अनुपम तृषा राख्छ मान्छे सधैँको आमा आमा हुन सफल हुन् ओत बन्दै सबैको ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

भावी नै हुन् सबल जननी भाग्य लेख्ने खुनैको
चर्चा गर्छन् सकल जनले जिन्दगीमा उनैको
आमा पापी कलुषित नहुन् बालबच्चा कसैको
आमा आमा हुन सफल हुन् ओत बन्दै सबैको ॥१

टाँसी छातीबिच शिव हरे भव्य ठन्डी भगाउन्
आमाले नै अति शिथिल यो प्राणलाई बचाउन्
छोरा छोरी प्रमुदित बनुन् गीत गाउन् उनैको
आमा आमा हुन सफल हुन् ओत बन्दै सबैको ॥२

धोती च्यातीकन विनयले खुट्न भोटो सगाउन्
मेरो बाबा शुभ शुभ भनी वस्त्र प्यारो लगाउन्
पाउन् मौका सपुत सबले गर्न चर्चा गुनैको
आमा आमा हुन सफल हुन् ओत बन्दै सबैको ॥३

आमा कोही पनि पर नहुन् बाल सन्तान छोडी
त्यागी आफ्नो नर धरम त्यो मातले पीठ मोडी
बाँच्ने हाँस्ने अनुपम तृषा राख्छ मान्छे सधैँको
आमा आमा हुन सफल हुन् ओत बन्दै सबैको ॥४

आमाको त्यो प्रणयरसले हुन्छ गुल्जार धर्ती
छोरा बन्छन् कृषक धरती खास बस्दैन पर्ती
लेखुन् गाथा सकल मनुवा मातृकाको जसैको
आमा आमा हुन सफल हुन् ओत बन्दै सबैको ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x