साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्ति

“त्यस्तो ठाउँमा नेतागिरी गर्नुको मज्जा नै अलग्गै छ नि प्रभु ! मुक्ति पछि त आनन्द नै आउँदैन नि !” नेताले निहुरिएर हाँस्दै लाज पचाएरै बोल्यो ।

Nepal Telecom ad

पी पी कोइराला :

“भन, अब तिमीहरू कहाँ जान चाहन्छौ ?”
पृथ्वीमा पुन जन्म लिन आँटिरहेका विश्वका चर्चित नेताहरू मध्ये एउटा लाई ब्रह्माले सोेधे ।

त्यस नेताले भन्यो – “गणतन्त्र एकदम मन पर्छ । म गणतन्त्र भएकै देशमा जान्छु प्रभु ।”

“कस्तो गणतन्त्र भएको देसमा जान्छौ त ?” ब्रह्माले सोध्नु भयो ।

“जनतालाई सपना मात्र देखाउनु पर्ने, ठग्न र झुक्याउन पाइने गणतन्त्र भएको देशमा जान्छु प्रभु !”

“रोज न त एउटा देश म पठाइदिन्छु ।” ब्रह्मा बोले ।

नेताले खुसी प्रकट गर्दै भन्यो, “किन नयाँ रोज्नु पर्‍यो र प्रभु ? हजुरलाई थाहा छ त म जहाँबाट मरेर आएँ त्यहि देसमा पठाइ दिनु नि ।”

“किन त्यस्तो वेथितिको गणतन्त्रतर्फ तिम्रो त्यत्रो मोह ? पन्ध्र सोह्र बर्ष भोगेरै आएको ठाउँमा फेरि जाने तृष्णा रहिरहँदा कहिल्यै तिम्रो मुक्ति हुन्छ र ?” ब्रम्हाले सतर्क गराए ।

“त्यस्तो ठाउँमा नेतागिरी गर्नुको मज्जा नै अलग्गै छ नि प्रभु ! मुक्ति पछि त आनन्द नै आउँदैन नि !”
नेताले निहुरिएर हाँस्दै लाज पचाएरै बोल्यो ।

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x