साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवतालाई

विष्णुको दासी जस्तै देखेँ रित्तो हात खाली थैली विचरा उनी दया जागेर आयो अनि सबै थाँती राखेर आफैँसँग भएको दस रुपियाँको नोट थमाएर आएँ ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

शिवलाइ आधुनिक बनाउन
डमिले पहिरिए जस्तै
चिटिक्क लुगा किन्नु छ ।
ब्रह्मालाइ पृथ्वी लोकमा
छ फुट जमिन दिनु छ
उता विष्णुलाई
पानीबाट उद्धार गरि
आफ्नै छिमेकी बनाउँनु छ ।
सरस्वतिको सफेद बस्त्र मैलियो
त्यो पनि फेर्नु छ
कालिको तरबार भुत्तियो होला
लट्टे दाइको भाटिमा
सान लगाउनु छ
सबै सबै हतियार वस्त्र
आधुनिक बनाई
बिग्रिएका मति बोकेका
मान्छेको दिमाग भर्नु छ
अदालतमा इमानदारी
कार्यालयमा बफादारी
मान्छे बनाउनु छ
घुसलाइ भुस सम्झिने गरी
पैसा चाहिएको छ

सबैको निकाश
विष्णु पत्नीले बोकेकि होलिन्
यस्तो ठान्दै उनकोमा गएको त
आफैँ पराधिन भै
विष्णुको दासी जस्तै देखेँ
रित्तो हात
खाली थैली
विचरा उनी
दया जागेर आयो
अनि सबै थाँती राखेर
आफैँसँग भएको
दस रुपियाँको नोट
थमाएर आएँ ।

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x