साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के थालियो ?

रोजगारी भए बस्दथे देशमै खाडीमा छन् युवा देश भो खालि यो ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

चेतनाको दियो गाउँमा बालियो
त्यो ठुलो स्तम्भ राजतन्त्रको ढालियो ।

एकताबद्ध भै त्यो निरङ्कुशता
फेरि उठ्नै नसक्ने गरी फालियो ।

लौ नयाँ मोडमा देश यो गइसक्यो
उन्नति हुन्छ यै भावना पालियो !!

प्वाल छन् देशमा लाख लाखौँतिर
आज सत्कर्मले खै कहाँ टालियो ?

पाइला टेक्दछन् शत्रुले सुस्तरी
रोक्नका लागि खै के कदम चालियो ?

बेचियो कारखाना ठुला देशका
खै कहाँ कुन नयाँ काम के थालियो ?

क्यै गरौँ क्यै गरौँ भन्दछन् जो सदा
रोक्न पो ! रीट सर्वोच्चमा हालियो ।

रोजगारी भए बस्दथे देशमै
खाडीमा छन् युवा देश भो खालि यो ।

फूलबारी छ यो स्वर्गकै नन्दन
विज्ञले भन्दछन् दुष्ट हो माली यो !!

०००
फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x