साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा नै नभए

माताको प्रिय हातबाट न कुनै भेटिन्छ खाना मिठो कोठामा न हतारको समयमा पाइन्छ नाना छिटो खानी हुन् जननी दया र करुणा वात्सल्यले शोभन आमा नै नभए उजाड घरको के हुन्छ शोभा भन ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आमाको ममता मिले हृदयको पीडा सबै भाग्दछ
चौतारी बिचको ठुलो पिपलको छाया सरी लाग्दछ
आमा छेउ हुँदा समस्त जनको फुर्किन्छ साह्रै मन
आमा नै नभए उजाड घरको के हुन्छ शोभा भन ॥१

फुल्दा फूल सुवासिला विपिनमा फैलाउँछन् बासना
साराको मन खिच्छ रङ्ग रसले शोभा बढाई घना
रङ्गी फूल सुवासदार नफुले के काम त्यो नन्दन
आमा नै नभए उजाड घरको के हुन्छ शोभा भन ॥२

द्यौता मन्दिरमा छँदा मनुजको देखिन्छ लर्को जहाँ
पूजा पाठ र धूप दीप सहितै नेवेद्य चढ्छन् त्यहाँ
द्यौता नै नपुजी लगाउन परे के काम त्यो चन्दन
आमा नै नभए उजाड घरको के हुन्छ शोभा भन ॥३

आमामा रिस राग हुन्न कहिल्यै सन्तानका खातिर
बच्चाका सुख शान्तिकै विषयमा गर्छन् सधैँ नै पिर
पीडाले दिन रात घुम्दछ अहो! नैराश्यमा जीवन
आमा नै नभए उजाड घरको के हुन्छ शोभा भन ॥४

आमा जो जसका बहार वयमै बेयाममा मर्दछन्
मायाको घर भत्किएर बहुतै सन्तापमा पर्दछन्
राख्दा तस्बिर एक ठिङ्ग घरमा रेटिन्छ भित्रीमन
आमा नै नभए उजाड घरको के हुन्छ शोभा भन ॥५

माताको प्रिय हातबाट न कुनै भेटिन्छ खाना मिठो
कोठामा न हतारको समयमा पाइन्छ नाना छिटो
खानी हुन् जननी दया र करुणा वात्सल्यले शोभन
आमा नै नभए उजाड घरको के हुन्छ शोभा भन ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x