साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध

सुस्ताउँदै सडकमा नित हिँड्नु पर्छ जे जुर्छ खान जहिले मनमा ठहर्छ सन्तुष्ट देह कमलो छ सधै विचार छन् वृद्ध अग्रज सबै दिलका उदार।

Nepal Telecom ad

मेघराज पाैड्याल :

छन् वृद्ध मात्र घर गोठ समस्त पाल्ने
खेती गरेर अझ बोझ ठुलो उचाल्ने
सङ्कष्ट साथ अनि शैशव पाल्नु पर्ने
खोक्रा जहान सबको मुख टाल्नुपर्ने।।१।।

ऊर्जा हुँदैन र मुढो पनि ढाल्नु पर्ने
खोजेर ढोड दिशिमा नित बाल्नुपर्ने
खट्छिन् बुढासँग बुढी पनि सुस्त-सुस्त
रोगी छ देह कहिले नहुने दुरुस्त।।२।।

खेती अनाजतिर वानर पस्छ खान
देखिन्छ यो नजरले सकिँदैन जान
सारा अनाज छरपष्ट बनाइ खान्छ
छारष्ट पार्दछ सबै र बगाल जान्छ।।३।।

आत्मा डराउँछ सधैँ न सकिन्छ बार्न
हेर्छन् कठै ! नजरले सकिँदैन टार्न
बस्छिन् थुचुक्क बुढिया नसकेर कैले
सत्कर्म छन् हृदय भित्र झुकौँ सबैले।।४।।

सुस्ताउँदै सडकमा नित हिँड्नु पर्छ
जे जुर्छ खान जहिले मनमा ठहर्छ
सन्तुष्ट देह कमलो छ सधै विचार
छन् वृद्ध अग्रज सबै दिलका उदार।।५।।

०००
कञ्चनरूप- ७, आदर्शटोल, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x