साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (६१)

बुहारीहरूकाे यसै मामिलामा बढी हुन्छ दायित्व सासूहरूमा भरे भन्दछ्न् छे मुखाले अरूले गरून् याद राम्रो बुहारीहरूले।।३९४।। छ सासूहरूले अझै बुझ्नुपर्ने सिकाएर संस्कारले दक्ष पार्ने बुहारी पराया भनी नेत्र तर्दा भरे लाग्छ सम्भावनाभित्र पर्दा।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र

(सासूबुहारी)

छ नाता जमेकाे बुहारी र सासू
सदा एकता हाेस् नझारेर आँसु
मुमा साथ छाेरीहरू जाे समान
बुहारी र सासू मिलून् एकथान।।३८९।।

यताकी पियारी रमा एक छाेरी
हुने हुन् उताका थलाकी बुहारी
बुहारी हुँदै खुड्किलाे उक्लिएर
बलाे थाम्नु पर्ने छ सासू भएर।।३९०।।

र छाेरी बुहारी दुवै एक मानाैँ
बुहारी कसैले पराया नठानाैँ
पुरानो समस्या थलामा विचित्र
छ हेर्दा लुकेको अझै भित्रभित्र।।३९१।।

दुवै छन् गृहाध्यक्ष बन्ने कलामा
छ याे द्वन्द सासू बुहारीहरूमा
नपुग्ने लिँदैछन् सदाचार इच्छा
दुवैका कता पूर्ण हाेलान् सदिच्छा।।३९२।।

नखाेजी दुवैले कुनै सानमान
समालेर राखून् सफा स्वाभिमान
कलाकारझैँ भावनाका जुहारी
नखेलून् गरी तर्क सासू बुहारी।।३९३।।

बुहारीहरूकाे यसै मामिलामा
बढी हुन्छ दायित्व सासूहरूमा
भरे भन्दछ्न् छे मुखाले अरूले
गरून् याद राम्रो बुहारीहरूले।।३९४।।

छ सासूहरूले अझै बुझ्नुपर्ने
सिकाएर संस्कारले दक्ष पार्ने
बुहारी पराया भनी नेत्र तर्दा
भरे लाग्छ सम्भावनाभित्र पर्दा।।३९५।।

( क्रमशः)

०००
२०८०/४/१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x