बालकृष्ण खनालबाको निर्देशन जेठाको उर्दी
जे जसो भए पनि बा हुन् कतिदिन बाँच्ने हुन र चौरासीसम्म बाका हरेक कुरामा साथ दिनुनै हामी छोराहरूको कर्तव्य हो । तर के गर्ने मैले गुन्डा तस्कर काला बजारी भ्रष्टचारीहरूबाट यही पाटीका लागि अरबौ अर्थ सङ्कलन गरेको हुँ कसैले चाल पाएनन् ।

बालकृष्ण खनाल :
एकदिन जेठाले सम्पुर्ण भाइहरू भेला गरेर आफ्नो विचार राख्दछ ।
हेर भाइ हो अब बाको चौरासी पनि आउनै लाग्यो यी गाउलेहरूलाई फकाएर हुन्छ कि पदप्रतिष्ठाको आश देखाएर हुन्छ कि । धम्काएर, हप्काएर हुन्छ कि दारु मासु खुवाएर हुन्छ कि नाता लगाएर हुन्छ कि जसरी हुन्छ बाको चौरासी सफल पारेरै छोड्न पर्छ ।
आज हामी यता ससुरालीसँग मिल्न परेको छ । शत्रु कस्तो हुन्छ भनेर भाइको मुख हेर्नु बाघ कस्तो हुन्छ भनेर बिरालाको मुख हेर्नु भन्थे हो रैछ ।
ती कान्छा बाजेका सन्तानलाई गाउमा बसिनसक्नु भएर जङ्गल पसेका थिए हाम्रै बाका भाइ अहिले छुट्टा भिन्न भएर बसेका छन् नि ।
हो, उनकै पहलमा ससुराली बगालसँग सरसल्लाह गरेर गाउमा आउने वातावरण मिलायौ ।
हाम्रै बाको पहलमा बाजेका पालादेखि छुट्टा भिन्न भएर बसेका गुतियार भाइ बन्धुलाई एउटै घरमा बस्ने वातावरण पनि मिलाए ।
केही दिनत ठिकै चल्यो हाम्रो सयुक्त घरपरिवार । तर धिरेधिरे दुवै तर्फबाट दाउपेच खेल्न लागे हुन त हाम्रा बा पनि धूर्त हुन् भन्न नहुने जस्तै भए पनि आफ्नै बा हुन ।
उता कान्छा बाजेतर्फका बुढाहरूको त कुरै के गरौँ १०/११ वर्ष देशको ८०% भुभाग जङ्गलमा बसेर एकलौटी शासन चलाएर आएका के टेर्थे हाम्रा गफाडी बालाई ।
हाम्रै परिवारका केही मान्छेलाई उचालेर परिवार बाट अल्ग्याएर आफू पनि उहीँ पुरानो घर फर्किए ।
अहिले हामी ससुरालीसँग मिलेका छौँ त पनि यिनको पनि केही भरोसा त छैन भोलि ठ्याक्क फेरि उनै हाम्रा गोतियारसँग मिलेर हामीलाइ एक्लो पार्न बेर छैन । त्यसैले बाको निर्देशन छ चौरासीसम्म जसरी हुन्छ ती कान्छा बाजेका सन्तान सँग एकता गर्ने कोसिस मा लाग भन्ने । अब हामी तलैदेखी ससुराली खलकसँग भन्दा गोतियार खलकसँग नजिक नजिक भए जस्तो गर्नपर्छ ।
बाको चौरासी सफल पार्ने ठूलो धोको छ । त्यति गर्न सक्युभने बाको पनि मर्ने बखत सजिलरी परान जाला हाम्रो पनि सान सौगात बढ््ला ।
तिनीहरू ससुराली खलकसँग मिले भनेत पुराना कुरा कोट्याएर बाको निद हराम गर्ने छन् ।
हाम्रा बा पनि काँ गतिला हुन् र भित्रभित्रै हाम्लाई समेत थाहै नदिएर गुन्डा तस्कर भ्रष्टचारीको संरक्षण गर्दा रहेछन् ।
जे जसो भए पनि बा हुन् कतिदिन बाँच्ने हुन र चौरासीसम्म बाका हरेक कुरामा साथ दिनुनै हामी छोराहरूको कर्तव्य हो । तर के गर्ने मैले गुन्डा तस्कर काला बजारी भ्रष्टचारीहरूबाट यही पाटीका लागि अरबौ अर्थ सङ्कलन गरेको हुँ कसैले चाल पाएनन् । तर पनि टाइम टाइम मा कुट्याउदैछन् तिनै कान्छा बाजेका सन्तानहरू ।
हाम्रा बाले झन् अमुक व्यापारीबाट सबैले थाहा पाउने गरी अरबौ सहयोगको धन राशी स्वीकार्छन् अनि कुरा काट्दैनन् बैरिहरूले । हाम्रो यो रणनीति कसैले पत्वो नपावस भन्दै कर्यक्रम बिसर्जन भयो ।
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest







































