साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश – २१)

ज्ञान जोर्न हितको बुझ योग्य के छ ? शैल चढ्न सजिलो श्रम साधना छ ॥ भावना प्रखरतातिर उठ्न सक्ने । वृद्ध ज्ञान म लिऊँ हिततर्फ लग्ने ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

वृद्धका विषयमा नव काव्य ल्याई ।
विश्वका हरकुना सक डुल्नलाई ॥
काव्यपङ्क्ति रस बाँड्दछ योग्य हार ।
हाँस्दछन् रस पिई जनका मुहार ॥०१॥

चेतनामय कला गुणका मुहान ।
सृष्टिका सुपथका शुभ हुन् बिहान ॥
वृद्धमा प्रणयपूर्वक मान पस्कूँ ।
कर्ममार्ग अगि बढ्न कतै नठस्कूँ ॥०२॥

खुल्दछन् कृत कला युगका अमोल ।
स्तुत्य वृद्ध युगका दृग पूर्ण खोल॥
प्राप्तिका पथ निका म सिकूँ समस्त।
पार्दछन् प्रणयले पथ कृत्य प्रष्ट ॥०३॥

ज्ञान जोर्न हितको बुझ योग्य के छ ?
शैल चढ्न सजिलो श्रम साधना छ ॥
भावना प्रखरतातिर उठ्न सक्ने ।
वृद्ध ज्ञान म लिऊँ हिततर्फ लग्ने ॥०४॥

चेतमा अभय मार्ग लिऊँ कृतार्थ ।
बन्न सक्छु रणको खुद तुल्य पदार्थ ॥
छन् हिमाल शिरमा रवि टेक्छ स्वर्ण ।
कृत्य भुल्छ जसले रहला अपूर्ण ॥०५॥

०००
सुम्बेक, इलाम २, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x