साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेन्सने बुढा बाको गुनासो

भए धेर सन्तान छोरा र छोरी कसोरी पुगाऔँ म मायाँ निचोरी सधैँले सधैँले भनी माग्दछन् यी छ आधा बुझेको रुपैया छुटेसी ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

गरेँ देश सेवा बहाएर रक्त
अहो आज आफैं भएँ मै अशक्त
मुठीमा समेटेर सारा चहाना
लडेका तिनै युद्ध हैनन् बहाना ।१

कतै भोक भोकै न ता सुत्न पायो
कतै घोच्छ काँडा दवाई कहाँको ?
झरीमा भिजेको यही देह मेरो
सुतेको उही पालको छेद घेरो ।२

कतै पैदलै, रेल यात्रा कतैका
कतै जेटमा ओर्लिएका चढेका
कतै क्याम्पमा गीतमा नाच गान
अहो चल्छ सो फिल्म पर्दा समान ।३

सुतेमा सिरानी त्यही बन्दुकै हो
पछ्यौरा भनेको उही नाल नै भो
छ गोली यता मात्र हाम्रो छ देह
नभा शत्रुले गर्दथे त्यैं विदेह ।४

उता शत्रुले हान्दथे मार गर्दै
यता काँधमा बोक तुम्लेट रित्तै
ठुलो साहसैले गरी ध्वस्त बैरी
झरेको यही बुझ्न पेन्सन् छ भारी ।५

गयो लाम लाग्यो उता भन्छ अर्को
सुके ओठ घाँटी निकै घाम चर्को
यता हैन भन्छन् उता हैन भन्छन्
हुने काम सानो दिनै खाइ दिन्छन् ।६

बहाएर रातो यिनै रक्त धारा
बनेको छ यो जीणर् नै देह सारा
यतै दुख्छ गोली पसेका नशामा
उतै दुख्छ यो देह नै कट्कटी हा !७

निकै नै थियौं साथमा लड्न जाँदा
अहो ! हो ! बचेका रहेछौँ कि आधा
त्यही सम्झनाले भयो झन्न झन्न
लडेका कुरा सम्झनामात्र रन्न ।८

बुढा छौ तिमी छोड यो काम भन्छौ
लडेका यिनै हातका सीप हेर्छौ ?
सबै सिक्न भाषा कहाँ पाइयो र
सुने हल्टमा हिँड्न काहाँ भयो र ?९

बसी भित्र घर्को कुनै यो कुनामा
दिए खाइएको छ सानो दुनामा
सुते मस्त निद्रा उतै पुग्छ याद
भएँ मै बुढो लाग्छ साह्रै विषाद ।१०

भए धेर सन्तान छोरा र छोरी
कसोरी पुगाऔँ म मायाँ निचोरी
सधैँले सधैँले भनी माग्दछन् यी
छ आधा बुझेको रुपैया छुटेसी ।११

कुनै भन्दछन् यो कडा भो मिजास
कडा नै नभा देश बन्दैन खास
त्यहाँ चल्छ सारा कुरा चेनभित्र
कहाँ हुन्छ फौजी मनैभित्र छुद्र ।१२

चेन – चेन अफ कमान्ड, फौजी नेतृत्वको शैली
छुद्र – लोभी र रिसाहा स्वभाव

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x