साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- २८)

बोल्ने बस्ने र गर्ने कृत पथ सजिलो सभ्य छान्ने बनाए । बाबाआमा हुनाको निज कृत पथले कर्म सङ्लो सिकाए ।। मैले हेरी नजाने कृत पथ हितको दुख्छ आत्मा विचारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

खोला बाटो बनाई अविरल गतिमा डुल्छ संसार हेर ।
प्रात: पूर्वी दिशामा रविकिरण छरी खुल्न गर्दैन बेर ।।
त्यस्तै घुम्दो छ हावा श्रमपथ हित हो दिव्य शिक्षा फिँजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३६।।

घुम्दै बग्दो छ पानी भवभर सबको प्यास पूरा मिटाई ।
झुल्कन्छन् चन्द्र तारा रविपछि तममा पूर्ण धारूँ सिकाइ।।
खुल्छन् उम्दा व्यवस्था अवनितल भरी चेत हेरोस् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३७।।

होचो अग्लो अमिल्दो असल छ म बुझूँ योग्य संसार चित्र।
खोजी सच्चा चुनेमा गतिमय भव यो दिव्य लाग्नेछ मित्र।।
इच्छा होस् नित्य उठ्ने सुकृत पथ चुनी कष्ट जम्मै पछारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३८।।

शिक्षा हो दिव्य आँखा खुरुखुरु पढ यो ज्ञान उम्दा पिलाए।
खाने खेल्ने र बुझ्ने शुभपथ युगको योग्य के हो ? चिनाए ।।
आफू खाऊन् नखाऊन् विकट जलधि तर्न लाए सियारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।३९।।

बोल्ने बस्ने र गर्ने कृत पथ सजिलो सभ्य छान्ने बनाए ।
बाबाआमा हुनाको निज कृत पथले कर्म सङ्लो सिकाए ।।
मैले हेरी नजाने कृत पथ हितको दुख्छ आत्मा विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bishnu thapa magar
Bishnu thapa magar
1 year ago

सन्देश मुलक कविता !तर एउटा गित याद आयो
आमा मारुनी,बाबू मादले,
छोरा छोरी भाल्टाङ ब्भुल्टुङ,
देन लात्तल्ले हुनु भयेन ।

Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x