
तीन ठोक्तक
शासन पनि उहीँ गर्छ सामदाम पर्योग गरि दलालनै भए केभो जस्को हातमा हुन्छ बल।

बालकृष्ण खनाल :
१)
राम्रो मान्छे भाग्योभने खराबले ठाउँ पाउँछ
अनिकाल बढ्योभने बजारले भाउ पाउँछ
कसैगरी हुन्न घाटा सकारत्मक सोच भएमा
आमा पोइल गइन् भने टुहुरा बाउ पाउँछ।
२)
राम्रो लाई नराम्रो चलाउँछ बहुदल
वगैँचानै नखेल्नेले खान्छ मिठा मिठा फल
शासन पनि उहीँ गर्छ सामदाम पर्योग गरि
दलालनै भए केभो जस्को हातमा हुन्छ बल।
३)
जो हिँड्दछ समाजमा अशभ्य नङ्गा बनी
पाउ पर्छ समाज जो तिमी नै हौ देवता भनी
साँचो कुरा झुटो मानी झुटो मान्दा साचोलाइ
त्यही भएर हाम्रो यहाँ उन्नति नभाको अनि।
०००
टिकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest