साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सूत्रम् कि मूत्रम् ?

उनको अनुहार फत्रक्क भयो । श्रद्धा र श्लोकको अर्थ मिलाउन उनले बाटो खोजे । तुरुन्तै जुक्ति निकाल्दै भने, "गाईको गहुँत पवित्र हुन्छ, त्यही हाल्नुपर्छ ।"

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“पण्डितजी, पिण्ड चढाउनु पर्छ, कृपा गरेर श्राद्ध सम्पन्न गरिदिनुहोस् ।” यजमानको आग्रहले पण्डितको निधार खुम्चियो ।
“ठीक छ, कितापले बाटो देखाउँछ ।” पण्डितले आत्मविश्वासले भने ।

श्राद्ध सुरु भयो । किताप पल्टाउँदै मन्त्र पढ्दै गर्दा उनले ठोकर पाए- “पिण्डस्योपरि मूत्रं दद्यात् ।”
उनको अनुहार फत्रक्क भयो । श्रद्धा र श्लोकको अर्थ मिलाउन उनले बाटो खोजे । तुरुन्तै जुक्ति निकाल्दै भने, “गाईको गहुँत पवित्र हुन्छ, त्यही हाल्नुपर्छ ।”

यजमानले अवाक हुँदै आज्ञा माने । श्राद्ध सम्पन्न भयो । तर पण्डितको मनमा असन्तोष बाँकी थियो ।
“ज्ञानको बुई चढेर जुक्ति दिन सकिन्छ, तर श्रद्धामा चोट पर्‍यो भने के गर्ने ?” पण्डितले गहिरो सास फेर्दै सोच्न थाले ।

पछि थाहा भयो, छपाइ त्रुटिले ‘सूत्रम्’लाई ‘मूत्रम्’ बनाएको रहेछ ।

०००
२०८१ माघ ६ गते ।
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x