सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सूत्रम् कि मूत्रम् ?

उनको अनुहार फत्रक्क भयो । श्रद्धा र श्लोकको अर्थ मिलाउन उनले बाटो खोजे । तुरुन्तै जुक्ति निकाल्दै भने, "गाईको गहुँत पवित्र हुन्छ, त्यही हाल्नुपर्छ ।"

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“पण्डितजी, पिण्ड चढाउनु पर्छ, कृपा गरेर श्राद्ध सम्पन्न गरिदिनुहोस् ।” यजमानको आग्रहले पण्डितको निधार खुम्चियो ।
“ठीक छ, कितापले बाटो देखाउँछ ।” पण्डितले आत्मविश्वासले भने ।

श्राद्ध सुरु भयो । किताप पल्टाउँदै मन्त्र पढ्दै गर्दा उनले ठोकर पाए- “पिण्डस्योपरि मूत्रं दद्यात् ।”
उनको अनुहार फत्रक्क भयो । श्रद्धा र श्लोकको अर्थ मिलाउन उनले बाटो खोजे । तुरुन्तै जुक्ति निकाल्दै भने, “गाईको गहुँत पवित्र हुन्छ, त्यही हाल्नुपर्छ ।”

यजमानले अवाक हुँदै आज्ञा माने । श्राद्ध सम्पन्न भयो । तर पण्डितको मनमा असन्तोष बाँकी थियो ।
“ज्ञानको बुई चढेर जुक्ति दिन सकिन्छ, तर श्रद्धामा चोट पर्‍यो भने के गर्ने ?” पण्डितले गहिरो सास फेर्दै सोच्न थाले ।

पछि थाहा भयो, छपाइ त्रुटिले ‘सूत्रम्’लाई ‘मूत्रम्’ बनाएको रहेछ ।

०००
२०८१ माघ ६ गते ।
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कविसँग रविको विलाप

कविसँग रविको विलाप

लक्ष्मी रिजाल
तृष्णा

तृष्णा

लक्ष्मी रिजाल
नेताको नियति

नेताको नियति

लक्ष्मी रिजाल
आशा

आशा

लक्ष्मी रिजाल
परीक्षा

परीक्षा

लक्ष्मी रिजाल
हित

हित

लक्ष्मी रिजाल
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x