साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो कविता लिएर आयौ ?

भो ! फर्काइ लैजाऊ तिम्रा यी घाइते,रोगी र रुग्ण कविताहरू र मलाई एउटा यस्तो कविता देऊ जसको वजन होस् केवल एउटा प्वाँख बराबरको जसले थाहै नहोस् मानिसको हृदय छोएर गएको ।

Nepal Telecom ad

सुरेश राई :

यो कस्तो कविता लिएर आयौ कवि ?
आन्दोलनमा टाउको फोडिएको
जुलुसमा कपडा च्यातिएको
कस्तो कस्तो कविता लिएर आयौ ?
कोही भोकले आत्तिएको
कोही प्यासले तड्पिएको
कोही रोगले थलिएको
हाडमा छाला टाँसिएको
किरिङमिरिङ किरिङमिरिङ
अनुहार कोरिएर कुरुप भएको
यो कस्तो कविता लिएर आयौ ?
के तिमीसँग एउटा पनि सद्दे कविता छैन ?
के तिमीसँग एउटा पनि
कविता जस्तो कविता बाँकी रहेन ?

यो कस्तो कविता लिएर आयौ कवि?
विम्बै विम्बको कुँडाकर्कटले थिचिएको
के तिमी विम्ब खोजिहिँड्ने
कुनै बिचरो प्राणी हौ ?
के तिम्रो अरू कुनै काम छैन ?
तिमी बङ्गुरले चारो खाने डुँडमा
कसरी खोज्न सक्छौ कुनै बगैंचाको विम्ब?
के तिमी झूटा हौ ?
के संसारभरका कविहरू झूटा हुन् ?
तिमी मलाई एउटा कुरा भनिदेऊ
साँच्चै तिमी आफ्नो मृत्युको विम्ब चाहिँ
कस्तो होस भन्ने चाहन्छौ ?

भो !
फर्काइ लैजाऊ तिम्रा यी
घाइते,रोगी र रुग्ण कविताहरू
र मलाई एउटा यस्तो कविता देऊ
जसको वजन होस्
केवल एउटा प्वाँख बराबरको
जसले थाहै नहोस्
मानिसको हृदय छोएर गएको
र थोत्रो मैलो मस्तिष्कहरूमा
नयाँ बतास हम्किएको ।

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x