सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कस्तो कविता लिएर आयौ ?

भो ! फर्काइ लैजाऊ तिम्रा यी घाइते,रोगी र रुग्ण कविताहरू र मलाई एउटा यस्तो कविता देऊ जसको वजन होस् केवल एउटा प्वाँख बराबरको जसले थाहै नहोस् मानिसको हृदय छोएर गएको ।

Nepal Telecom ad

सुरेश राई :

यो कस्तो कविता लिएर आयौ कवि ?
आन्दोलनमा टाउको फोडिएको
जुलुसमा कपडा च्यातिएको
कस्तो कस्तो कविता लिएर आयौ ?
कोही भोकले आत्तिएको
कोही प्यासले तड्पिएको
कोही रोगले थलिएको
हाडमा छाला टाँसिएको
किरिङमिरिङ किरिङमिरिङ
अनुहार कोरिएर कुरुप भएको
यो कस्तो कविता लिएर आयौ ?
के तिमीसँग एउटा पनि सद्दे कविता छैन ?
के तिमीसँग एउटा पनि
कविता जस्तो कविता बाँकी रहेन ?

यो कस्तो कविता लिएर आयौ कवि?
विम्बै विम्बको कुँडाकर्कटले थिचिएको
के तिमी विम्ब खोजिहिँड्ने
कुनै बिचरो प्राणी हौ ?
के तिम्रो अरू कुनै काम छैन ?
तिमी बङ्गुरले चारो खाने डुँडमा
कसरी खोज्न सक्छौ कुनै बगैंचाको विम्ब?
के तिमी झूटा हौ ?
के संसारभरका कविहरू झूटा हुन् ?
तिमी मलाई एउटा कुरा भनिदेऊ
साँच्चै तिमी आफ्नो मृत्युको विम्ब चाहिँ
कस्तो होस भन्ने चाहन्छौ ?

भो !
फर्काइ लैजाऊ तिम्रा यी
घाइते,रोगी र रुग्ण कविताहरू
र मलाई एउटा यस्तो कविता देऊ
जसको वजन होस्
केवल एउटा प्वाँख बराबरको
जसले थाहै नहोस्
मानिसको हृदय छोएर गएको
र थोत्रो मैलो मस्तिष्कहरूमा
नयाँ बतास हम्किएको ।

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अलिकतिले !

अलिकतिले !

सुरेश राई
दोष कसको भनूँ ?

दोष कसको भनूँ ?

सुरेश राई
झोल

झोल

सुरेश राई
बेइमानी

बेइमानी

बिन्दु दहाल ‘मूकदर्शक’
ह्वाँहाेरु

ह्वाँहाेरु

होम सुवेदी
बलेको आगाे

बलेको आगाे

डा. छायादत्त न्यौपाने ‘बगर’
मिसन– ८४

मिसन– ८४

हरि कोर्काली
चाकरी

चाकरी

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x