साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ३६)

गर्दै गानाबजाना मनुजमन उठून् पस्क ऊर्जा उमारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

पानीमा घाम पर्दा झलमल भव यो खुल्छ पस्केर मोती।
छायामा हुन्न सङ्लो दृग खुद पथमा दृश्यमा दिव्य ज्योति ।।
हुन् आमाबाबु आफ्ना दिनकर टकझैं मात्र आफू विचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७६।।

सङ्लो हुन् भाव भङ्गी मृदुमय रसले पूर्ण पारी म पस्कूँ ।
चिन्ता सन्ताप बढ्छन् खुद मन म लिऊँ दिक्क मानी नठस्कूँ ।।
ऊर्जा जागोस् हियामा गतिविधि रसका पोख्न जानूँ फिँजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७७।।

नाफाका कर्म जे छन् विनय स्वर खिपी पस्कँदा योग्य हुन्छ ।
बग्छन् हर्षाश्रुधारा प्रगति गति टिपी चेतले शैल छुन्छ।।
झर्के दुर्छे कुबानी सुखरिपु सम हुन् पेल जम्मै लतारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७८।।

यौटा सङ्लो सुबाटो हितमय युगको पस्क सायुज्य हार ।
मिल्छन् सत्प्राप्ति ऊर्जा हितमय दिलमा जन्मको खुल्छ सार ।।
गर्दै गानाबजाना मनुजमन उठून् पस्क ऊर्जा उमारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।७९।।

चम्कन्छन् नित्य तारा गगनतल भरी चम्क सत्कर्म पक्री ।
खुल्नेछन् हर्ष ढोका मनसुख बटुली साधना उठ्छ फक्री।।
ईर्ष्याडाहा म फ्याँकूँ सकस दिल रुने खिन्नता दूर पारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।। ८०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x