साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा भएको घर

आमा सागर हुन् कला अनुजमा, बाँडेर निथ्रिन्छ र ?। आमा आदर हुन् बलाबल दिने सद्भाव सिद्धिन्छ र ?।। आमा दर्शन, हुन् छ खातसँगमा आख्यानकाे, सुन्दर। हाम्रो स्वर्ग यहीँ हुनेछ जहिले आमा भएको घर ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

आऊन् दुःख अनेक कारकपला गर्दै सदा सामना ।
सारा सन्ततिका निमित्त दरिलाे बाेकेर सम्भावना।।
आमाझैँ ममता दिने मनभरी पाइन्न खाेज्दा पर ।
हाम्रो स्वर्ग यहीँ हुनेछ जहिले आमा भएको घर ।।

आमा नै घरकी दलान दरिली थाम्ने हवेली धुरी ।
बाँड्ने नित्य खुली,परिश्रम भुली सन्तानमा माधुरी।।
आमा नै ,परिधान कर्मबलले राख्ने सदा सुन्दर ?।
हाम्रो स्वर्ग यहीँ हुनेछ जहिले आमा भएको घर ।।

आमा ज्ञान घडा, सबै अनुजकी आमा उनै शिक्षक ।
आमा संस्कृति सभ्यता सकलकी संस्कार संरक्षक।।
आमा आदरमा समादर दिने कल्याणकी सागर ।
हाम्रो स्वर्ग यहीँ हुनेछ जहिले आमा भएको घर ।।

आमा नित्य दबाउँदै रहरका माैलाउँदा आँकुरा ।
आफ्ना सन्ततिमा समर्पित भई, चाल्ने घुँडा पाखुरा।।
आमा साथ हुने अनन्त करुणा नापेर काे सक्छ र?
हाम्रो स्वर्ग यहीँ हुनेछ जहिले आमा भएको घर ।।

आमा पर्वत या पहाडसरि हुन् आए कुनै हुन्डरी।
सक्ने थेग्न निराश कत्ति नलिई,आत्मा चनाखो गरी ।।
आमाका मृदुभावले कहरका अत्यास भाग्छन् पर ।।
हाम्रो स्वर्ग यहीँ हुनेछ जहिले आमा भएको घर ।।

आमा सागर हुन् कला अनुजमा, बाँडेर निथ्रिन्छ र ?।
आमा आदर हुन् बलाबल दिने सद्भाव सिद्धिन्छ र ?।।
आमा दर्शन, हुन् छ खातसँगमा आख्यानकाे, सुन्दर।
हाम्रो स्वर्ग यहीँ हुनेछ जहिले आमा भएको घर ।।

(क्रमशः)

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x