साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पात्र हुन् बाबुआमा

आफू को हो कुन तरहले लोकमा आज आयो बुझ्दैन् त्यो सब मनुजले सृष्टि कस्ले सजायो फस्छन् मान्छे दलदलतिरै पौँचिदा मूर्खतामा द्यौताभन्दा पनि अति ठुला पात्र हुन् बाबुआमा॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

जोगाएको खुद रगतको एउटा हुन्छ डल्लो
हुर्काए झैँ फगत शुकले गर्भमा एक चल्लो
चुक्ता गर्नै ऋण रगतको दूधको पर्छ धामा
द्यौताभन्दा पनि अति ठुला पात्र हुन् बाबुआमा॥१

छोरा हुन्छन् बहुत अहिले देश छोडेर जाने
बाबाआमा जति घरतिरै बस्दछन् चोट खाने
कस्ले गर्ने भन सपुतको स्नेहको रोजनामा?
द्यौताभन्दा पनि अति ठुला पात्र हुन् बाबुआमा॥२

थामील्याए कति कहरले स्वर्गजस्तो गृहस्थी
छोराछोरी धन जमिनमा गर्दछन् आज मस्ती
पाका मान्छे गलित नबनुन् दर्दमा वेदनामा
द्यौताभन्दा पनि अति ठुला पात्र हुन् बाबुआमा॥३

आफू बस्छन् सहर बिचमा गाउँमा वृद्ध राखि
गर्छन् सेखी पद र धनको भूमि आकाश हाँकी
हेला गर्छन् कति अधमले मात खाई नसामा
द्यौताभन्दा पनि अति ठुला पात्र हुन् बाबुआमा॥४

आफू को हो कुन तरहले लोकमा आज आयो
बुझ्दैन् त्यो सब मनुजले सृष्टि कस्ले सजायो
फस्छन् मान्छे दलदलतिरै पौँचिदा मूर्खतामा
द्यौताभन्दा पनि अति ठुला पात्र हुन् बाबुआमा॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x