साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धजनकाे गर्ने गराैँ आदर

जस्तो सङ्कट हाेस् तथापि मनमा,सन्तोष मानीकन। काेही,मानिस भेट्न आउँछ भने, हाँस्छन् बुढ्याैली मन।। बाेली, मात्र उदात्त साट्न, सकिए आनन्द के हुन्न र ? एकै वाक्य म भन्छु वृद्धजनकाे गर्ने गराैँ आदर।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

पाका सज्जन मार्गदर्शन यिनी बाँड्दै कला काैशल
हाम्रा लागि लडे, ठुला समरमा सारा निखारे बल।।
पालाे आउँछ बन्नुपर्दछ बुढाे सम्पूर्णले आखिर ।
एकै वाक्य म भन्छु वृद्धजनकाे गर्ने गराैँ आदर।।१।।

तन्देरी वयमा रहेर जहिले, बाँच्ने यहाँ काे छ र ?।
बालाेबाट युवा वयस्क बनिँदै चढ्ने न हाे मास्तिर।।
मान्छन् वृद्धहरू सदा अनुजका साफल्यमा सादर।
एकै वाक्य म भन्छु वृद्धजनकाे गर्ने गराैँ आदर।।२।।

चाहेका इतिहास रास रसिला छन् वृद्धका साथमा ।
अर्पिन्छन् अनुदानझैँ, अनुजका जाे लक्ष्यसन्मार्गमा ।।
वृद्धावृद्ध हुँदा सदैव हँसिला हुन्छन् पुराना घर ।
एकै वाक्य म भन्छु वृद्धजनकाे गर्ने गराैँ आदर।।३।।

काेही, दीर्घ बिरामका कहरमा, तड्पेर बस्दा घर।
सम्झन्छन् दिलदार, भाइभतिजा आनन्दका खातिर।।
केकस्ताे छ भनेर साेध्न नसके, के स्नेह पाइन्छ र ?।।
एकै वाक्य म भन्छु वृद्धजनकाे गर्ने गराैँ आदर।।४।।

जस्तो सङ्कट हाेस् तथापि मनमा,सन्तोष मानीकन।
काेही,मानिस भेट्न आउँछ भने, हाँस्छन् बुढ्याैली मन।।
बाेली, मात्र उदात्त साट्न, सकिए आनन्द के हुन्न र ?
एकै वाक्य म भन्छु वृद्धजनकाे गर्ने गराैँ आदर।।५।।

०००
साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x